बुधबार, असोज १४, २०८३

बेरोजगार हुनुहुन्छ? पीएमईपीमा सूचीकृत हुनुस्

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार व्यक्तिलाई सूचीकृत हुन आग्रह गरेको छ।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार व्यक्तिलाई सूचीकृत हुन आग्रह गरेको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मन्त्रालयले सूचना जारी गर्दै बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दर्ता गर्न आग्रह गरेको हो। 

प्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक प्रत्याभूति गराउन तोकिएको मापदण्ड पूरा गरेका नागरिकले रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा फागुन निवेदन दिनु पर्नेछ। 

आर्थिक वर्ष २०७९–०८० का लागि फागुन महिनाभरमा निवेदन दिन मन्त्रालयले आग्रह गरेको छ। निवेदन दिने व्यक्ति १८ देखि ५९ वर्ष उमेर समूहको हुनु पर्नेछ। निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारमा संलग्न नभएको हुनु पर्नेछ। 



प्रकाशित: Mar 10, 2022| 11:02 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्