काठमाडौं- संखुवासभामा यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार १३ जनाको मृत्यु भएको छ।
दुर्घटनामा पाँच जना घाइतेको उद्धार गरिएको इलाका प्रहरी कार्यालय चैनपुर जनाएको छ। झापाको दमक जाँदै गरेको बस मादी नगरपालिका थुलुङ-६ मा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
ना ४ ख ७३५ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरी जनाएको छ। दुर्घटना स्थलबाट प्रहरीले घाइतेलाई उद्धार गरी चैनपुर अस्पताल पठाएको छ। उनीहरु सोही अस्पतालमा उपचार भइरहेको छ।