बुधबार, असार १०, २०८३

महाभारत गाउँपालिकामा ५३ घरलाई 'एक घर, एक धारा' वितरण

वडा नम्बर ६ का वडाध्यक्ष रमेश लुङ्गेलीले खानेपानीको समस्या झेल्दै आएको सो ठाउँका लागि प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा खानेपानीको व्यवस्था गरिदिएपछि स्थानीयमा थप खुशीको लहर छाएको बताए।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका-६ का घ्याब्रिङ र बालखोपका वासिन्दालाई धारा वितरण गरिएको छ।

National life

बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को प्रदेश विशेष अनुदान र गाउँपालिकाको साझेदारी बजेटबाट त्यहाँका ५३ घर परिवार र एक विद्यालयलाई ‘एक घर, एक धारा’ खानेपानी वितरण गरेपछि सो ठाउँका ३८० वासिन्दाले खानेपानी उपभोग गर्न पाएका हुन्।

वडा नम्बर ६ का वडाध्यक्ष रमेश लुङ्गेलीले खानेपानीको समस्या झेल्दै आएको सो ठाउँका लागि प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा खानेपानीको व्यवस्था गरिदिएपछि स्थानीयमा थप खुशीको लहर छाएको बताए।

विगतमा सामूहिक धारा हुँदा एकैपटक धेरै जना पानी थाप्नका लागि जम्मा हुँदा विवाद झेल्नुपर्ने अवस्था रहेकोमा अब ‘एक घर, एक धारा’ले त्यसको अन्त्य भएको उनले बताए।

करीब साढे ३ किलोमिटर टाढाको बालखोप मुहानबाट मूल पाइप बिछ्याएर ३ ठाउँमा पानी ट्यांकी निर्माण गरी घरघरमा खानेपानी पुर्‍याइएको गाउँपालिकाका सवइन्जिनीयर प्रकाश खड्काले बताए। सो आयोजना सम्पन्न गर्नका लागि ४६ लाख ५० हजार ५०० रुपैयाँको लागतमा मुख्य पाइपलाइन र वितरण पाइप लाइन गरी करीब ११ किलोमिटर पाइपलाइन बिछ्याएर खानेपानी धारा वितरण गरिएको उनले बताए। गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले मानिसको जीवनसँग सम्बन्धित रहेको खानेपानी आयोजना सम्पन्न गर्नको लागि प्राप्त बजेटले बालखोपका स्थानीयलाई लाभान्वित बनाउन सफल भएको बताए।

Shivam cement

बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव धनिराम शर्माले दुर्गम गाउँपालिकाको विकट गाउँका वासिन्दालाई प्रदेश सरकारको साझेदारीमा खानेपानी उपलब्ध गराउन सफल भएको बताए।

प्रकाशित: Mar 10, 2022| 10:25 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।