काठमाडौं- संखुवासभामा बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। संखुवासभाबाट झापाको दमकतर्फ जाँदै गरेको बस बिहीबार बिहान दुर्घटनामा परेको हो।
हाल दुर्घटनास्थलमा प्रहरीले स्थानीयको सहयोगमा उद्धार कार्य जारी राखेको र हालसम्म १० जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले जानकारी दिए।
बा ४ ख ७३५ नम्बरको बस संखुवासभाको मादी नगरपालिका-६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो। बस सडकबाट करिब ३ सय मिटर तल झरेको थियो।
उनका अनुसार ५ जना घाइतेलाई पनि उद्धार गरी अस्पताल पठाइएको छ। घुम्तीमा बस टर्न हुन नसकेको र भीरबाट तल खसेको देखिएको स्थानीयले बताएका छन्। घटनाको विस्तृत विवरण आइसकेको छैन।