बुधबार, चैत ४, २०८२

हेटौँडा सरकारी अस्पतालमा डायलासिस सेवा सुरु

उपमहानगरपालिकाको समन्वय र सहयोग तथा अस्पतालको प्राविधिक व्यवस्थापनमा डायलासिस सेवा सुरु गरिएको छ। अहिले सो अस्पतालमा १० मेसिनमार्फत बिरामीको डायलासिस भइरहेको छ।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

National life
Laxmi sunrise bank
kumari

बागमती- हेटौँडा उपमहानगरपालिकाको सहयोगमा हेटौँडा सरकारी अस्पतालमा डायलासिस सेवा सुरु गरिएको छ। उपमहानगरपालिकाको समन्वय र सहयोग तथा अस्पतालको प्राविधिक व्यवस्थापनमा डायलासिस सेवा सुरु गरिएको छ। अहिले सो अस्पतालमा १० मेसिनमार्फत बिरामीको डायलासिस भइरहेको छ।

हेटौँडालगायत मकवानपुरमा डायलासिस गर्नुपर्ने ५३७ बिरामी रहेका छन्। उक्त सेवा हेटौँडामा पाएपछि जिल्ला बाहिर जाने अवस्था नरहेको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए। नगरवासीलाई पहिलो स्वास्थ्य सुविधा दिएपछि पूर्वाधार विकासमा जोड दिएको र आगामी दिनमा समेत अस्पताललाई सहयोग गर्ने उनले बताए।

यसअघि हेटौँडामा निजी क्षेत्रबाट सञ्चालनमा रहेको चुरेहिल अस्पतालले मात्र डायलासिस सेवा दिइरहेको थियो। हेटौंडाको सरकारी अस्पतालमा सो सेवा उपलब्ध भएपछि वीरगञ्ज, काठमाडौं र चितवनलगायत ठाउँ डायलासिसका लागि जाने अवस्था हटेकोमा स्थानीय खुसी भएका छन्। 

प्रकाशित: Mar 10, 2022| 10:35 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्