बुधबार, असार १०, २०८३

पहिरो पीडितलाई गाउँपालिकाद्वारा आर्थिक सहयोग

गाउँपालिकाले १३ घर परिवारलाई प्रतिघर १ लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको हो। गाउँपालिकाका ती वडामा २०६८ सालदेखि पहिरो बग्न थालेको थियो।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

इलाम- इलाम जिल्लाको रोङ गाउँपालिकाका पहिरो पीडितलाई गाउँपालिकाले सहयोग गरेको छ। गाउँपालिकाले वडा नम्बर ३ र ४ का पहिरो पीडितलाई आर्थिक सहयोग गरेको हो। गाउँपालिकाले १३ घर परिवारलाई प्रतिघर १ लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको हो। गाउँपालिकाका ती वडामा २०६८ सालदेखि पहिरो बग्न थालेको थियो।

National life

विक्रम संवत् २०७२ सालबाट पहिराले गाउँलाई जोखिम बनाएर १३ परिवार विस्थापित हुनुपरेको थियो। पहिरो पीडित घर–परिवारलाई बुधवार पहिरो प्रभावित क्षेत्रमै पुगेर गाउँपालिकाका अध्यक्ष शमशेर राई, उपाध्यक्ष चन्द्रकला राईलगायत जनप्रतिनिधि र कर्मचारीले प्रतिपरिवार १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन्।

पहिरोबाट विस्थापित भएका यामप्रसाद मगर, मनकुमारी लाप्चा, कौशिला खड्का, टंक बस्नेत, नरबहादुर बस्नेत, टेकबहादुर पिठाकोटी, इन्द्रबहादुर पिठाकोटी, भीमबहादुर मगर, बलबहादुर मगर, हस्तकुमारी मगर, भुवनकुमार बस्नेत, सन्तबहादुर लाप्चा र खड्गबहादुर राईको परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँका दरले चेक हस्तान्तरण गरिएको हो। 

पहिरो पीडितलाई घर–जमिन व्यवस्थापन गर्न रकम दिइएको गाउँपालिकाका अध्यक्ष राईले बताए। अध्यक्ष राईका अनुसार २०७४ सालमा स्थानीय तहको निर्वाचनपछि आफूहरू निर्वाचित भएर आउँदादेखि नै चुरे र जोखिम क्षेत्रको रोकथाम साथै नियन्त्रण गर्नका लागि निरन्तर रूपमा पहल भइरहेको छ। 

गाउँपालिकाले मात्र नसक्ने भएर प्रदेश र संघीय सरकारसमक्ष समेत सहयोगका लागि प्रक्रिया अगाडि बढाइएको उनले बताए। प्रदेशबाट यसअघि १० लाख रुपैयाँ विनियोजन भएर पहिरोको फेदमा बाँध बाध्ने काम अगाडि बढेको उनले बताए।  रासस

Shivam cement

प्रकाशित: Mar 10, 2022| 09:40 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।