शुक्रबार, जेठ १, २०८३

कोरोना संक्रमणमुक्त भयो पर्वत

पहिलो, दोस्रो र तेस्रो लहरमा संक्रमित भएकामध्ये सबै संक्रमणमुक्त भएपछि जिल्ला नै कोरोनामुक्त बनेको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

पर्वत- पर्वत कोरोना संक्रमणमुक्त भएको छ। संक्रमित सबै मुक्त भएसँगै जिल्ला संक्रमण शून्य जिल्ला बनेको हो। पहिलो, दोस्रो र तेस्रो लहरमा संक्रमित भएकामध्ये सबै संक्रमणमुक्त भएपछि जिल्ला नै कोरोनामुक्त बनेको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ। 

National life

बुधबार थप दुई जना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणको संख्या शून्य भएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार तेस्रो लहरमा संक्रमित भएका ८१४ जनामध्ये सबै मुक्त भएका छन्। तेस्रो लहरमा एक हजार ६५७ जनाको कोरोना परीक्षण गरिएको थियो।

जसमध्ये पीसीआर परीक्षणमा २८ जना र एन्टिजेन परीक्षणबाट ७८६ जनामा पोजेटिभ देखिएको थियो। तेस्रो लहरमा पर्वतमा दुई जनाले ज्यान गुमाएका छन् भने हालसम्म जिल्लाभर कोरोना संक्रमणबाट ७९ जनाले ज्यान गुमाएका छन्।

पर्वतमा कोरोना पोजेटिभ हुनेदर झण्डै ४९ प्रतिशतसम्म पुगेको थियो। स्वास्थ्य कार्यालय पर्वतका कोभिड स्थानीय स्रोत व्यक्ति नारायण रेग्मीले अहिलेको लहर जिल्लामा नियन्त्रणमा आए पनि फेरि फैलनसक्ने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड भने पालना गर्नुपर्ने बताए। 


प्रकाशित: Mar 10, 2022| 08:00 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्