काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ०२ पैसा र बिक्री दर १२२ रुपैयाँ ०८ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३४ रुपैयाँ २२ पैसा र बिक्री दर १३४ रुपैयाँ ८८ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ ९३ पैसा र बिक्री दर १६१ रुपैयाँ ७२ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ६७ पैसा र बिक्री दर १३२ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ५८ पैसा र बिक्री दर ९० रुपैयाँ ०२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ७८ पैसा छ।
जापानी येन १० को खरिद दर १० रुपैयाँ ५५ पैसा र बिक्री दर १० रुपैयाँ ०६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ३५ पैसा र बिक्री दर १९ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ५७ पैसा र बिक्री दर ३२ रुपैयाँ ७५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३८ पैसा र बिक्री दर ३२ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ १९ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ३३ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९२ पैसा र बिक्री दर ९ रुपैयाँ ९७ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर