आइतबार, जेठ ६, २०८१

अस्पताल जानै डराउँछ पारलैंगिक समुदाय

‘मलाई लाज लाग्यो। मैले नाटक गरेको थिएन, म बिरामी थिएँ, मेरो पहिचान यो हो भन्दा पनि चिकित्सकले गरेको व्यवहारले मलाई धेरै नमज्जा लाग्यो। मुखबाट रगत आएर अस्तपाल गएका बेला थप बहस गर्न पनि सकिनँ। तर म तयार नभए पनि चिकित्सकले कपडा खोल्न बाध्य बनाए,’ उनले विगतको असहजता सम्झिए।
 |  बिहीबार, फागुन २६, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, फागुन २६, २०७८

काठमाडौं- करिब ८ वर्ष अगाडि मुखबाट रगत आएपछि 'ट्रान्समेन' भक्ति थापा परीक्षणको लागि अस्पताल पुगे। टिकट काउन्टरमा नाम भक्ति थापा सुनेपछि 'जेन्डर' सेक्सनमा 'पुरुष' लेखिदिए। टिकटमा पुरुष र महिलामध्ये एक छान्नैपर्ने व्यवस्था थियो। भक्तिले आफ्नो लैंगिक पहिचान खुलाए तर टिकटमा लेखिएन।

triton college

त्यसपछि केही नभनी उनी चिकित्सककोमा गए। चिकित्सकले एक्सरे गर्न भने। एक्सरे गर्ने ठाउँमा कपडा खोल्न लगाइयो। भक्तिले त्यहाँ पनि आफ्नो लैंगिक पहिचान जानकारी गराउँदै एक्सरे गर्दा लगाउने कपडा मागे। त्यसपछि स्वास्थ्यकर्मीहरू मुखामुख गर्न थाले। स्वास्थ्यकर्मीले 'धेरै नाटक गर्नु/बनाउनु पर्दैन, केटा मान्छे भएर पनि यस्तो भन्ने' भन्दै झर्किन थाले। तर उनले कपडा खोलिहाल्न सकेनन्। 

देख्दा पुरुषजस्तै देखिएपनि शारीरिक रुपमा उनी महिला थिए, स्तन वयस्क महिलाको जस्तै थियो।  

‘मलाई लाज लाग्यो। मैले नाटक गरेको थिएन, म बिरामी थिएँ, मेरो पहिचान यो हो भन्दा पनि चिकित्सकले गरेको व्यवहारले मलाई धेरै नमज्जा लाग्यो। मुखबाट रगत आएर अस्तपाल गएका बेला थप बहस गर्न पनि सकिनँ। तर म तयार नभए पनि चिकित्सकले कपडा खोल्न बाध्य बनाए,’ उनले विगतको असहजता सम्झिए। 

थापा यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका लागि काम गर्ने ब्लु डाइमन्ड सोसाइटी (नीलहीरा समाज) का मानव अधिकार अधिकृत हुन्। उनी पारलैंगिक पुरुष (ट्रान्समेन) हुन्। पारलैंगिक पुरुष ती व्यक्ति हुन्, जो जन्मँदा यौनाङ्गको आधारमा महिला इंगित गरिएको थियो। तर हुर्कने/बढ्ने क्रममा हुने लैंगिक अनुभव र प्रस्तुतीकरणका हकमा केटा वा पुरुषको गुण विकास हुन्छ र आफूलाई पुरुष भनी पहिचान गर्दछन्। उनीहरू ट्रान्समेन हुन्। 

corrent noodles
Metro Mart

त्यो घटनाको करिब ३ वर्षपछि फेरि उनलाई पेट दुख्ने समस्याले अस्पताल जानुपर्ने भयो। पेट दुख्न थालेपछि उनी पुनः त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भए। पुग्नेबित्तिकै दुखाई कम गर्ने औषधि लगाइयो। त्यहाँ पनि उनले आफ्नो जेन्डरको बारेमा जानकारी गराए, त्यो स्वाभाविक पनि थियो। तर उनलाई दुख त्यतिबेला लाग्यो जतिबेला चिकित्सकहरूले उनको अवस्थाबारे थाहा पाएर पनि खिसिट्युरीको भावमा अनेक प्रश्नहरूको भारी थोपर्न थाले। 

पेट दुखेकाले भिडियो-एक्सरे गर्नुपर्ने थियो। एक्सरे गर्दा पाठेघर देखायो, पाठेघर देखेपछि स्वास्थ्यकर्मीहरूले तपाईंको पाठेघर देखियो भन्दै हाँसे। उनले आफ्नोबारेमा जानकारी गराउँदा गराउँदै पनि स्वास्थ्यकर्मीको व्यवहारले उनलाई बिझायो। 

एक्सरे गराएर फर्किएपछि फेरि इमर्जेन्सी बेडमा आएका भक्ति भन्छन्, ‘त्यहाँ परीक्षणको लागि चिकित्सक आए। चिकित्सकलाई पनि आफ्नोबारेमा जानकारी गराएँ। चिकित्सकले शारीरिक सम्पर्कको बारेमा सोधे। मैले यौन सम्बन्ध बनाउन महिलासँगै हो भने तर स्वास्थ्यकर्मीले बच्चा पो भयो कि भन्ने जस्ता प्रश्नले खिसिट्युरी गरे। म बिरामी भएको मान्छे झन् बिरामी हुन लागेँ। त्यतिबेला मलाई दुखाई कम भइसकेको थियो। त्यसपछि मैले यो अस्पताल मेरा लागि होइन रहेछ, भनेर थप उपचार नगरी घर फर्किएँ।’

त्यसपछि थापाले एक महिला चिकित्सकलाई आफ्नो बारेमा सबै जानकारी गराए। ती चिकित्सकले नीजि क्लिनिकमा बोलाइन्। थापा थप्छन्, ‘त्यसबेला मेरो पाठेघरमा सिस्ट देखिएको रहेछ, त्यो उपचार त भयो। तर पनि अहिले पनि विभिन्न समस्या भोग्दै आइरहेको छु। अहिले पनि बिरामी हुँदा अस्पताल जान डर लाग्छ, अस्पतालका स्वास्थ्यकर्मीले गर्ने व्यवहारले झनै मानसिक रुपमा बिरामी बनाउँछ।’ यो समस्या भक्तिमा मात्रै होइन, एलजीबीटीक्यू समुदायका मानिस सबैले भोगिरहेको उनी बताउँछन्। 

000

ब्लु डाइमन्ड सोसाइटीकै अध्यक्ष पिंकी गुरुङले पनि केही वर्ष अगाडि यस्तै समस्या भोगेकी छन्। पिंकी ट्रान्सविमेन हुन्। पारलैंगिक महिला ती व्यक्ति हुन्, जो जन्मँदा यौनाङ्गको आधारमा पुलिंगी इंगित गरिएको थियो तर हुर्कने बढ्ने क्रममा हुने लैंगिक अनुभव र प्रस्तुतीकरणको हकमा केटी वा महिलाको गुण विकास हुन्छ र आफूलाई महिला भनी पहिचान गर्दछन्। उनीहरू ट्रान्सविमेन हुन्। 

प्रकाशित: Mar 10, 2022| 08:01 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्