शुक्रबार, जेठ १, २०८३

२२४ जना कोरोना संक्रमित थपिए

केही दिनयता देशभर दैनिक एक सयभन्दा कम कोरोना संक्रमित थपिँदै आएकोमा पछिल्ला दुई दिन भने संक्रमितको संख्या फेरि बढेको छ।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

National life

काठमाडौं– केही दिनयता देशभर दैनिक एक सयभन्दा कम कोरोना संक्रमित थपिँदै आएकोमा पछिल्ला दुई दिन भने संक्रमितको संख्या फेरि बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१० हजार ९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६८ तथा एन्टिजेन विधिबाट १५६ जनामा संक्रमण पुष्टि भएको हो। हिजो मंगलबार १ सय ९४ जनामा संक्रमण पुष्टि भएको थियो। 

अहिले देशभर ५ हजार ६९२ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप ९६ हजार ८९ जनाले कोभिडको खोप लगाएका छन्।

प्रकाशित: Mar 09, 2022| 16:51 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्