बुधबार, असोज १४, २०८३

नेप्से ३०.२९ अंकले घट्यो

बुधबार सेयर बजार परिसूचक नेप्से ३०.२९ अंकले घटेर २५१४ अंकमा कायम भएको छ। कारोबार रकम पनि २ अर्ब ३५ करोडमा सीमित भएको छ।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

काठमाडौं– बुधबार सेयर बजार परिसूचक नेप्से ३०.२९ अंकले घटेर २५१४ अंकमा कायम भएको छ। कारोबार रकम पनि २ अर्ब ३५ करोडमा सीमित भएको छ।

बैंकिङ १२, व्यापार ७९, होटल तथा पर्यटन १२, विकास बैंक १०१, जलविद्युत् ५५, फाइनान्स ४९, निर्जीवन बिमा १९८, उत्पादन ४७, अन्य २८, माइक्रोफाइनान्स ४३ र जीवन बिमा उपसमूह १३९ अंकले घटेको छ।

दुई कम्पनीको मूल्य स्थिर रहँदा १७१ कम्पनीको मूल्य घटेको छ भने १९ को बढेको छ। माउन्टेन इनर्जीको मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले बढ्यो। इमर्जिङ नेपालको मूल्य ३‍.९९ प्रतिशतले बढेको छ।

विशाल बजारको ५.७, सामुदायिक लघुवित्तको ५.६ र बुद्धभूमि हाइड्रोको मूल्य ५.४ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा नेपाल टेलिकम, एनआईसी एसिया बैंक, अपी पावर, अरुणभ्याली हाइड्रोपावर र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे।


प्रकाशित: Mar 09, 2022| 15:28 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्