दाङ- दाङको लमही नगरपालिका–३ बनगाउँमा मंगलबार राति कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–१ भालुवाङका २५ वर्षीय नरेन्द्र जिसी रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लमहीस्थित लमही अस्पतालमा मृत्यु भएको हो।
मंगलबार राति ९ बजे भालुवाङबाट लमहीतर्फ जाँदै गरेको बा१०च २५८१ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको रा६प ६८४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। कार चालक फरार भएकोले खोजी भइरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।