बुधबार, असोज १४, २०८३

सुनको मूल्यमा नयाँ रेकर्ड

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ इतिहासकै सबैभन्दा उच्च मूल्यमा पुगेको हो।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ इतिहासकै सबैभन्दा उच्च मूल्यमा पुगेको हो।

बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको छ। सुनको भाउ प्रतितोला २५ सय रुपैयाँले बढेको हो। तेजावी सुनको भाउ पनि प्रतितोला १ लाख ५ हजार पुगेको छ। 

बुधबार चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

प्रकाशित: Mar 09, 2022| 11:19 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्