बुधबार, असोज १४, २०८३

बारामा दुई अर्ब ३७ करोड बराबरको आलु उत्पादन

कम लगानीमा बढी लाभ हुने उखु, मत्स्यपालनतर्फ कृषकहरु उन्मुख भएकाले यस वर्ष आलु खेतीमा ३० हेक्टरले कमी हुन गएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

काठमाडौं- बारा जिल्लामा आर्थिक वर्ष ९७८/७९ मा दुई अर्ब ३७ करोड ४४ लाख बराबरको एक लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन भएको छ।

कम लगानीमा बढी लाभ हुने उखु, मत्स्यपालनतर्फ कृषकहरु उन्मुख भएकाले यस वर्ष आलु खेतीमा ३० हेक्टरले कमी हुन गएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

आर्थिक वर्ष ०७८/७९ मा बाराका कृषकहरूले कूल सात हजार ४२० हेक्टर क्षेत्रफलमा विभिन्न जातको आलु खेती गरी प्रतिहेक्टर १६ मेट्रिक टनले कूल एक लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन भएको कुरा ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले बताए। उक्त उत्पादित आलु कलैया बजारमा प्रतिकेजी २०/२५ मा बिक्री भइरहेको बताइन्छ।

जिल्लाको हरिहरपुर, गोलागन्ज, अमृतगन्ज, देवापुर, टेटा, उचिडीह, भगवानपुर, पिपरपाती, बरियारपुर, मटिअर्वा आलु खेतीको पकेट क्षेत्र भए पनि जिल्लाको प्रायः सबै क्षेत्रमा आलु खेती हुने गरेको छ।

प्रकाशित: Mar 09, 2022| 10:00 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्