बुधबार, असार १०, २०८३

पुलमा यात्रा गर्ने मुसिकोटवासीको सपना अधुरै

तम्घास- ‘दोस्रो पटक पुल बगाउँदा त हामी रोएका थियौँ, अब त बन्ने आश पनि हराइसक्यो। गुल्मीको मुसिकोट नगरपालिका–३ का खिमलाल अधिकारीले भने, ‘पुलमा यात्रा गर्ने आशमा जीवन कट्ने भयो।’
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

तम्घास- ‘दोस्रो पटक पुल बगाउँदा त हामी रोएका थियौँ, अब त बन्ने आश पनि हराइसक्यो। गुल्मीको मुसिकोट नगरपालिका–३ का खिमलाल अधिकारीले भने, ‘पुलमा यात्रा गर्ने आशमा जीवन कट्ने भयो।’

National life

खिमलाल मात्र होइन, अहिले मुसिकोट नगरपालिका–३ र ७ का नागरिकले यस्तै गुनासो गर्छन्। कारण हो, नजिकैको खोलामा बन्न लागेको पुल दुई पटकसम्म बाढीले बगाउनु र तेस्रो पटकको काम सुरु नगर्नु। दुई पटकसम्म बाढीले बगाएको पुल अब फेरि बन्छ भन्नेमा स्थानीयवासी विश्वस्त छैनन्।

किनकी पुलको विषयमा अहिलेसम्म कोही पनि छलफल वा अनुगमन गर्न उक्त ठाउँमा पुगेका छैनन्। मुसिकोट नगरपालिका–३ र ७ जोड्नका लागि बडिगाढ खोलाको फेदीमा २०७३ सालमा पक्की पुल बनाउने सम्झौता भयो। कुल ५८ मिटरको पुल २०७५ असार मसान्तसम्म सकिसक्नुपर्ने थियो।

तर काम गर्दा खोलामा बाढी आउनेलगायत कारणले निर्माण सामग्री नै बगाउन थाले। अनि काठमाडौंबाट इञ्जिनीयरको समूह आएर पुलको डिजाईन नै परिवर्तन गरी फेरि बनाउँदा ढिलाइ भएको थियो। बन्दै गरेको भेरी पुल पहिलो पटक २०७६ वैशाख १ गते आइतबार साँझ भत्किएको थियो।

त्यसपछि पुलको अनुगमन र अध्ययन गर्न वैशाख ३ गते मङ्गलबार काठमाडौंबाट विज्ञ समूह गुल्मी आएको थियो। पुलको वाइटी जयबुद्ध कन्ट्रक्सन प्रालीले निर्माणको जिम्मा लिएको थियो। विज्ञ समूहको सल्लाहानुसार नै बन्न सुरु गरेको पुल दोस्रो पटक २०७७ वैशाख ३ गते बाढीले बगायो।

Shivam cement

उक्त दिन साँझदेखि नै मुसिकोटलगायतका क्षेत्रमा आएको बाढीका कारण खोलामा पानीको बहाव बढ्न गई पुल बगाएको स्थानीयवासी मदन घिमिरेले जानकारी दिए।

पुलको तल्लो भागसम्म ढलान भएको थियो। पुल पूर्ण निर्माण हुन आवश्यक अधिकाशं काम सकिन लागेको बेला बाढीले बगाएको उनको भनाइ छ। पुस महिनाबाट निर्माण सुरु भएको पक्की पुलको काम जेठको अन्तिम हप्तासम्म सक्ने योजना रहेको थियो।

स्वीस सरकारको सहयोगमा स्थानीय सडक पुल कार्यक्रमअन्तर्गत कुल रु पाँच करोड १७ लाखको लागतमा पुल बन्न लागेको हो। तीमध्ये दुई करोड ७३ लाखभन्दा बढी पुल भत्कनुभन्दा पहिले नै भुक्तान भइसकेको छ।

स्थानीय तुल्सा खत्रीले दोस्रो पटक पुल भत्किएदेखि हालसम्म कोही पनि छलफलको लागि नआएको गुनासो गरिन्। पहिलो पटक भत्किँदा केही समूह आएर अनुगमन गरेपनि दोस्रो पटक भत्किँदा कसैले ध्यान नदिएको गुनासो गरिन्।

स्थानीय लक्ष्मी कार्कीले दोस्रो पटकमा पुल बन्ने कुरामा विश्वस्त भए पनि अब भने पुल बन्ने आशा हराएको प्रतिक्रिया दिइन्। ‘पुल बनेपछि हामीलाई धेरै कुरामा सहजता हुन्थ्यो’, उनले भने, ‘पुलमा यात्रा गर्ने हाम्रो सपना अधुरै रहने भयो।’

असार मसान्तसम्म पुल बन्छः नगरप्रमुख सापकोटा

मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले यसै आर्थिक वर्षको असार मसान्तसम्म पुल बन्ने बताउनुभयो। कम्पनीसँगको ठेक्का प्रक्रिया तोडेर कार्यालयले आफै पुल बनाउन लागेको उनको भनाइ छ।

तर अहिले पहिलेजस्तो ढलान नभएर फलामको बीम राखेर बनाउन लागेको उनले बताए। त्यसका लागि कार्यालयले आवश्यक सामग्रीसमेत अर्डर गरेको प्रमुख सापकोटाले जानकारी दिए।

१० किलोमिटर दूरी छोटिनेछ

पुल निर्माण सकिएसँगै साविकको मुसिकोटदेखि वामीसम्म आवाजजवतमा निकै सहज हुनेछ। अहिले नगरपालिकाको केन्द्र वामिदेखि जिल्ला सदरमुकाम तम्घाससम्म पुग्न ३४ किलोमिटर यात्रा गर्नुपर्छ। तर पुल बनेसँगै उक्त यात्रामा १० किलोमिटर छोटिन्छ अर्थात २४ किलोमिटरको दूरीमा तम्घास पुगिनेछ।

त्यसका साथै मुसिकोट नगरपालिका–१, २, ३ र ४ तथा ५, ६, ७, ८ र ९ का नागरिकलाई जोड्ने मार्गको रुपमा बडिगाढ खोलाको पुल रहेको नगरप्रमुख सापकोटाले बताए। तीमध्ये वडा नं १ देखि ४ सम्मका नागरिकलाई नगरपालिका केन्द्रसम्म यसै पुलले जोड्ने गर्दछ।   रासस

प्रकाशित: Mar 09, 2022| 06:55 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।