बुधबार, असार १०, २०८३

हत्या आरोपी कतार र बहराइनबाट पक्राउ

कास्कीको लेखनाथमा मजदुरी गरी बस्‍ने सुनसरी धरानका २० वर्षीय रोजन राईको हत्यामा संलग्‍न रहेका अभियुक्त सोही जिल्लाका ४६ वर्षीय अशोक गुरुङ १५ वर्षपछि पक्राउ परेका हुन्। विसं २०६३ वैशाख २९ गते बेलुकी कुटपिटबाट सख्त घाइते भएका रोजन राईको उपचारका क्रममा जेठ २ गते मृत्यु भएको थियो। उक्त घटनामा संलग्न रहेका आरोपी गुरुङ घटनापश्चात् वैदेशिक रोजगारीको सिलसिलामा बहराइन गएका थिए।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

काठमाडौं- व्यक्ति हत्याका दुई आरोपीलाई प्रहरीको इन्टरपोल शाखामार्फत कतार र बहराइनबाट पक्राउ गरी नेपाल ल्याइएको छ। कास्कीको लेखनाथमा मजदुरी गरी बस्‍ने सुनसरी धरानका २० वर्षीय रोजन राईको हत्यामा संलग्‍न रहेका अभियुक्त सोही जिल्लाका ४६ वर्षीय अशोक गुरुङ १५ वर्षपछि पक्राउ परेका हुन्। विसं २०६३ वैशाख २९ गते बेलुकी कुटपिटबाट सख्त घाइते भएका रोजन राईको उपचारका क्रममा जेठ २ गते मृत्यु भएको थियो। उक्त घटनामा संलग्न रहेका आरोपी गुरुङ घटनापश्चात् वैदेशिक रोजगारीको सिलसिलामा बहराइन गएका थिए।

National life

उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध आएपछि प्रहरीको इन्टरपोल महासचिवालयबाट २०७८ मङ्सिर २७ मा  ‘रेड नोटिस’ जारी गरिएको थियो। 

उनलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले पक्राउ गरी आज नेपाल ल्याएको र थप अनुसन्धान तथा आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइने जनाइएको छ।  

कतारमा पक्राउ 

इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका फरार प्रतिवादी सिरहा विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर ठेगाना भएका ४१ वर्षीय विक्की मुस्कान भन्ने भोगेन्द्रप्रसाद यादवलाई घटनाको छ वर्षपछि कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ। 

Shivam cement

श्रीमती आरती परियारलाई धारिलो हतियारले घाँटी रेटी हत्या गरेको घटनामा संलग्न रही फरार रहेका भोगेन्द्रलाई कतारमा पक्राउ गरी नेपाल ल्याइएको हो। ललितपुर लेलेमा २०७२ वैशाख १५ गते बिहान आरतीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। 

घटनापश्चात् वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका भोगेन्द्रविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका लागि महानगरीय अपराध महाशाखाको अनुरोधमा २०७६ पुस १२ गते इन्टरपोल महासचिवालयबाट सुपुर्दगी तथा २०७७ साउन १९ मा ‘रेड नोटिस’ जारी भएको थियो।

यादवलाई थप अनुसन्धान तथा आवश्यक कानूनी कारबाहीका लागि महानगरीय अपराध महाशाखामा बुझाइएको इन्टरपोल शाखाले जानकारी दिएको छ। 

प्रकाशित: Mar 08, 2022| 23:00 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।