बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आयल निगमले आईओसीलाई बुझायो १४ अर्ब ३० करोड, कोषबाट पनि झिकियो रकम

आयल निगमले आईओसीलाई बुझायो १४ अर्ब ३० करोड, कोषबाट पनि झिकियो रकम

नेपाल आयल निगमले मार्च महिनाको पहिलो किस्ताबापत इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १४ अर्ब ३० करोड रुपैयाँ बुझाएको छ।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

काठमाडौं– नेपाल आयल निगमले मार्च महिनाको पहिलो किस्ताबापत इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई  १४ अर्ब ३० करोड रुपैयाँ बुझाएको छ।

इन्धन बिक्री गरेर आर्जन गरेको १० अर्ब ५ करोड र नपुग ४ अर्ब २५ करोड स्थिरीकरण कोषबाट झिकेर मंगलबार निगमले आईओसीलाई बुझाएको हो।

निगमले हरेक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आईओसीलाई भुक्तानी गर्दै आएको छ। कच्चा तेलको मूल्य उच्च दरले बढिरहँदा अबका दिनमा आपूर्तिमा चुनौती थपिएको निगमले बताएको छ। कोषमा अब ४ अर्ब ४५ करोड रुपैयामात्रै बाँकी छ।

सरकारले २०७१ चैतदेखि स्वचालित मूल्य प्रणाली लागू गरेपछि निगमले पेट्रोलियम पदार्थ र ग्यासको खुद्रा बिक्रीको एक प्रतिशत रकम कोषमा जम्मा गर्दै आएको छ। निगमले आईओसीलाई तिर्न अपुग रकम पनि स्थिरीकरण कोषबाट झिक्दै आएको छ। 


प्रकाशित: Mar 08, 2022| 16:46 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्