बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अन्यायमा परेकी किशोरीलाई लड्ने साहस दिने कि खिसीट्युरी गर्ने?

अन्यायमा परेकी किशोरीलाई लड्ने साहस दिने कि खिसीट्युरी गर्ने?

आज हामी जति ती नाबालिगलाई सुनिदिन्छौं या बुझिदिन्छौं, त्यति नै सहजताका साथ भोलि हाम्रो घरमा यो घटना घट्दा हाम्रा छोरीचेलीले आफूमाथि भएको दुर्व्यवहार र अन्यायबारे बोल्न सक्नेछन्। नत्र त उनीहरु पनि सहेरै बस्न बाध्य हुनेछन्।
 |  मंगलबार, फागुन २४, २०७८

केकी अधिकारी

केकी अधिकारी

मंगलबार, फागुन २४, २०७८

आफ्नै दैनिक जीवनका स–साना झमेलाहरूमा अल्झिरहन बानी परेका हामीलाई कानुनको पूर्ण ज्ञान छैन। कानुनी भाषा त्यति सहज पनि छैन, जुन सजिलै ग्रहण गर्न सकियोस्। कानुनका दफा, उपदफा, अपराध र सजाय आफ्नो थाप्लोमा नपरी जान्न–बुझ्न कठिन नै हुन्छ। म स्वयं पनि यो बुझाइ र सिकाइको सुरुवाती चरणमै छु। 

National life

तर अति महत्त्वपूर्ण र आवश्यक विषय कानुनमा कसरी उल्लेख भएको छ, त्यो बुझ्न खोज्छु। सरल भाषामा कानुनका कुरा बुझ्ने कोसिस गरेकी छु। 

कानुनले १८ वर्षमुनिका बालबालिकालाई ‘नाबालिग’ भनेर वर्गीकृत गरेको छ। नाबालिगसँग यौन सम्बन्ध राख्नुलाई बलात्कार ठहर गरेको छ। यदि सहमतिमै भएको यौन सम्बन्ध भए पनि जबरजस्ती करणीमै पर्ने कारण बालबालिकाको अपरिपक्व निर्णय क्षमताले गर्दा हो। 

यसको अर्थ, अठार वर्षको उमेरसम्म हाम्रो सोचाइ, बोलाइ, गराइ परिपक्व दिमागी अवस्थामा पुगिसकेको हुँदैन। हामीले लिने निर्णयमा गलत, सही छुट्याउने क्षमता हुँदैन। यही कारण यो उमेरमा हामीले लिने कतिपय निर्णयले जीवनलाई दुर्घटनामा पुर्याउने उच्च सम्भावना रहन्छ। 

यो समयमा लिइएका कतिपय गलत निर्णयले जीवनभर नै गहिरो असर परेका उदाहरण धेरै छन्। तर मानिसको गल्ती सुधार्नै नसिकिने भन्नेचाहिँ होइन। जे भयो त्यसलाई सहज र सरल तरिकाले ग्रहण गरेर आत्मविश्वासका साथ अगाडि बढ्न सकिन्छ। 

Shivam cement
अठार वर्षको उमेरसम्म हाम्रो सोचाइ, बोलाइ, गराइ परिपक्व दिमागी अवस्थामा पुगिसकेको हुँदैन। हामीले लिने निर्णयमा गलत, सही छुट्याउने क्षमता हुँदैन। यही कारण यो उमेरमा हामीले लिने कतिपय निर्णयले जीवनलाई दुर्घटनामा पुर्याउने उच्च सम्भावना रहन्छ। 

कानुनको यो सीमिततालाई सबैले एउटै गहिराइमा नबुझेका हुन सक्छन्। नबुझेकालाई बुझाउनु बुझेकाहरूको दायित्व  हो। नम्र भएर बुझाएको कुरा नै सजिलै सिक्न सकिन्छ। लाग्छ, सरल भाषामा कानुनका कुरा कसैले बुझाइदिए पढ्न–बुझ्न कठिन नहुने रहेछ जति यो समाज बुझ्न हुन्छ।

तर, हामीसँग अरुको कुरा सुन्न–बुझ्न खोज्नै धैर्यता नै कहाँ छ र! यस्तो लाग्छ, हामीसँग त सुन्न–बुझ्न खोज्ने संस्कारको साह्रै कमी छ। यदि यस्तो नहुँदो हो त एउटा नाबालिगले आफूलाई परेको अन्याय सुनाउँदा आलोचना नगरी उसको व्यथा बुझ्न हामीलाई किन गाह्रो भयो? 

सहानुभूति त परको कुरा हतारहतार आफैं न्यायाधिश भएर फैसला सुनाउन हामीलाई हतार भयो।  सहन जति ठुलो आँट चाहिन्छ, त्योभन्दा बढी आँट चाहिन्छ संवेदना पोख्न। अरुलाई भन्न जति सजिलो हुन्छ, त्यति नै गाह्रो हुन्छ अरुले आफ्नालाई भनेको सुन्न। 

आज हामी जति ती नाबालिगलाई सुनिदिन्छौं या बुझिदिन्छौं, त्यति नै सहजताका साथ भोलि हाम्रो घरमा यो घटना घट्दा हाम्रा छोरीचेलीले आफूमाथि भएको दुर्व्यवहार र अन्यायबारे बोल्न सक्नेछन्। नत्र त उनीहरु पनि सहेरै बस्न बाध्य हुनेछन्। सायद आफूमाथि भएको अपराध नुबझेर होस्, नजानेर होस् या भन्न नसकेर, उनीहरु मनभित्रै दबाएर जिन्दगी कटाउन बाध्य हुनेछन्।

यदि त्यही घटना आफ्नो जीवनमा या हाम्रो घरमा परेको भए के हुन्थ्यो? मात्र पाँच मिनेट यति सोचेरमात्र हामीले केही कुरा बोल्ने हो भने बलात्कार, अपहरण, हत्याजस्ता गम्भीर घटनामा हल्ला हाबी हुने थिएन। 

मानौं, तपाईंले कानुन बुझ्नुभएको छैन। कुन अपराधमा के बोल्न हुन्छ र हुँदैन भन्ने तपाईंलाई थाहा छैन। तर, कानुनको आँखामा न कोही माथि हुन्छ, न कोही तल। कानुन सबैलाई एउटै हुन्छ। त्यो चाहे देशको प्रमुख होस् वा चर्चित कलाकार वा होस् कुनै दानवीर।

आज हामी जति ती नाबालिगलाई सुनिदिन्छौं या बुझिदिन्छौं, त्यति नै सहजताका साथ भोलि हाम्रो घरमा यो घटना घट्दा हाम्रा छोरीचेलीले आफूमाथि भएको दुर्व्यवहार र अन्यायबारे बोल्न सक्नेछन्। नत्र त उनीहरु पनि सहेरै बस्न बाध्य हुनेछन्।

एकैछिन अहिलेको जल्दोबल्दो घटनातिरै जाऔं। हाम्रै फिल्म क्षेत्रका एक कलाकारले नाबालिगमाथि करणी गरेको आरोप लागिरहँदा हामीले कानुनको पक्ष लिने कि कुनै व्यक्तिको? कुनै किशोरीलाई अन्याय पर्दा उसलाई बोल्ने र लड्ने साहस दिने कि खिसीट्युरी गर्ने? 

आजको हाम्रो गतिविधि नै भोलिको इतिहास हो। त्यही इतिहासको दर्पणमा भोलिले ऐना हेर्छ। सामाजिक सञ्जाल र युट्युबमा पीडितलाई नै मजाक बनाउने कथित सभ्यजनहरू, ख्याल गर्नुस् है, त्यो ऐना आजै चर्काउन ढुंगा हान्ने तपाईंतिर पनि कानुन त आकर्षित हुन्छ नै!

प्रकाशित: Mar 08, 2022| 14:22 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।