बुधबार, असार १०, २०८३

कोभिड महामारीले लैंगिक असमानता बढ्यो : युनिसेफ

युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेलले कोभिड महामारीका कारण लैंगिक असमानता बढेको बताएकी छिन्।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

काठमाडौं– युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेलले कोभिड महामारीका कारण लैंगिक असमानता बढेको बताएकी छिन्।

National life

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मंगलबार शुभकामना वक्तव्य प्रकाशित गर्दै रसेलले एक करोड दश लाखभन्दा बढी बालिका महामारीपछि कहिल्यै विद्यालयमा फर्कन नसक्ने अवस्था आएको समेत संकेत गरिन्।

‘कोभिड–१९ ले बालिकाहरूको जीवनमा नराम्रो असर गरिरहेको छ। बन्द विद्यालय, आर्थिक तनाव तथा सेवामा अवरोधहरूले उनीहरूको स्वास्थ्य र भविष्यलाई जोखिममा पारेको छ,’ उनले भनेकी छिन्, ‘अर्को दशकमा थप एक करोड बालिकाहरू बालविवाहको जोखिममा रहनेछन्।’

साथै, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युनएफपिए)ले महिलाको यौनांग विच्छेदका २० लाख थप घटनाहरू हुन सक्ने बताएको छ। यसको अर्थ बालिकाहरूको स्वास्थ्य र शिक्षामा पुनः लगानी गर्नु र उनीहरूको पहुँचमा तत्काल सुधार गर्नुपर्ने रहेको समेत युनिसेफले जनाएको छ।


प्रकाशित: Mar 08, 2022| 12:22 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।