बुधबार, असोज १४, २०८३

अमेरिकी डलर अहिलेसम्मकै बलियो

नेपाली रुपैयाँसँग अमेरिकी डलर अहिलेसम्मकै बलियो बनेको छ। अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको हो।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

काठमाडौं– नेपाली रुपैयाँसँग अमेरिकी डलर अहिलेसम्मकै बलियो बनेको छ। अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको हो।

मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेको छ।

यसको मतलब अब एक अमेरिकी डलर खरिद गर्नका लागि १२३ रुपैयाँ ४४ पैसा तिर्नु पर्नेछ। पछिल्लो समय लगातार अमेरिकी मुद्रा बलियो बन्दै गएको छ। अमेरिकी अर्थतन्त्र बलियो बन्दै गएको र पछिल्लो समय रुस–युक्रेन युद्धका कारण डलर बलियो बनेको हो। विश्वव्यापाी रुपमा नै पछिल्लो समय डलरको माग उच्च छ। 

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ। यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ। डलरको भाउ बढेपछि विदेशी सामान नेपालीका निम्ति महँगो हुन पुग्छ। नेपालको झन्डै ७० प्रतिशत व्यापार भारतसँग छ।


प्रकाशित: Mar 08, 2022| 12:11 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्