बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तनहुँसुरलाई पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

तनहुँसुरलाई पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

व्यास नगरपालिकाद्वारा आयोजित दोस्रो व्यासनगर महिला खुला हाफ म्याराथनको मंगलवार दमौलीमा शुभारम्भ गर्दै उनले तनहुँसुर ऐतिहासिकस्थल भएकोले यसलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्दै आर्थिक क्षेत्रलाई सबल बनाउनुपर्ने बताए।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

तनुहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खेलका माध्यमबाट तनहुँलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गरिनुपर्ने बताएका छन्।

National life

व्यास नगरपालिकाद्वारा आयोजित दोस्रो व्यासनगर महिला खुला हाफ म्याराथनको मंगलवार दमौलीमा शुभारम्भ गर्दै उनले तनहुँसुर ऐतिहासिकस्थल भएकोले यसलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्दै आर्थिक क्षेत्रलाई सबल बनाउनुपर्ने बताए।

नगरपालिकाले खेलकुदका माध्यमबाट धार्मिक, ऐतिहासिक र सांस्कृतिक क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए।

दमौलीको व्यासगुफाबाट तनहुँसुरसम्मको २१ किलोमिटर दूरीको म्याराथनमा ५० महिला सहभागी भएका छन्।

व्यासगुफाबाट अनसन चौतारी, दुर्गा मन्दिर, भोर्लेटारचोक, वन कार्यालय, सफा सडक हुँदै पृथ्वी राजमार्गको तालघरे, रानीगाउँ, दरै पँधेरा, पराजुली चोक, बेलटारी, खड्गकालीमार्गको चिसापानी, अर्चलेचौर, धरमपानी, गद्धीचौतारा हुँदै व्यासनगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबार पुगेर टुगिनेछ।

Shivam cement

हरेक नयाँ वर्षको पछिल्लो अंकलाई पुरस्कारको राशिमा समेट्ने पराम्परालाई कायम राख्दै यस वर्ष प्रथम पुरस्कार ४१ हजार ७८, द्वितीय ३१ हजार ७८, तृतीय पुरस्कार २१ हजार ७८ र सान्तवना पुरस्कार ५ जनालाई ११ हजार ७८ रुपैयाँ करबाहेक प्रदान गरिने आयोजकले जनाएको छ। 

प्रकाशित: Mar 08, 2022| 11:00 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।