काठमाडौं- नेस्डो समृद्ध लघुवित्तको आइपीओ आज मंगलबार बाँडफाँट हुँदैछ। नेस्डो लघुवित्तमा २६ हजार लाख बढीले आवेदन दिएका छन्।
जसमा ७७ हजारले मात्र सेयर पाउनेछन्। बाँकी २५ लाखको हात खाली हुनेछ। नेस्डो समृद्ध लघुवित्त संस्थाको सेयर बाँडफाँट ग्लोबल आईएमई क्यापिटलले गोलाप्रथाबाट गर्दैछ।
एक सय अंकित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता आइपिओको बिक्री खुला गरिएको थियो। सर्वसाधारणका लागि ७ लाख ७४ हजार ५६३ कित्ता मात्र छुट्याइएको थियो।