शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भक्तपुरको चाँगुनारायणमा महिला मृत फेला, हत्याको आशंका

भक्तपुरको चाँगुनारायणमा महिला मृत फेला, हत्याको आशंका

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–७ स्थित बागरेमा एक महिला मृत फेला परेकी छन्।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

काठमाडौं- भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–७ स्थित बागरेमा एक महिला मृत फेला परेकी छन्। करिब ३५–४० वर्षकी महिलाको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

मृतकको पहिचान खुलेको छैन। बागरेस्थित खेतमा बनाएको टिनको टहरोमा उनी मृत अवस्थामा भेटिएकी हुन्। मृतकको घाँटीको अगाडिको भागमा हतियारको गहिरो चोट भएकाले प्रहरीले हत्याको आशंका गरेको छ।

शव पोष्टमार्टमका लागी दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 08, 2022| 09:05 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।