बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रामकोट घटना : 'हामी संयुक्त रुपमा बिदा लिँदैछौं' लेखेको नोट भेटियो

रामकोट घटना : 'हामी संयुक्त रुपमा बिदा लिँदैछौं' लेखेको नोट भेटियो

काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटस्थित डाँडापौवामा सोमबार राति विष पिएको परिवारका ५ जनामध्ये एकको मृत्यु भएको छ भने ४ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

काठमाडौं- काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटस्थित डाँडापौवामा सोमबार राति विष पिएको परिवारका ५ जनामध्ये एकको मृत्यु भएको छ भने ४ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ।

National life

६२ वर्षीया इन्दिरामाया प्रधानसहित विष पिएका ४ जनाको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको हो। ३३ वर्षीय सुवर्णमान प्रधानको भने गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार चारजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

इन्दिरामायासहित  ३८ वर्षका भीम प्रधान, ३५ वर्षीया मन्दिरा डंगोल र ११ वर्षीया सुप्रेणा प्रधानको अवस्था गम्भीर छ। डाडाँपौवास्थित डेरामा विषका बट्टाहरू र पानीको बोतलमा घोलेर बाँकी रहेको विष फेला परेको छ।

यसैबीच, उनीहरुले विष पिउनुअघि लेखेको नोट भेटिएको छ। नोटमा उनीहरुले लेखेका छन्, ‘हामी संयुक्त रुपमा बिदा हुँदैछौँ ।’ सो परिवारले विषमा सिटामोलको धुलो बनाएर जुसजस्तो घोल बनाएको भेटिएको छ। ४ वटा बोटलमा घोलेर पिएको बाँकी रहेको विष प्रहरीले अनुसन्धानका लागि संकलन गरेको छ।

घटनाको कारण आर्थिक समस्या हुनसक्ने आकलन प्रहरीले गरेको छ। तर, यकिन कारण खुल्न बाँकी छ।

प्रकाशित: Mar 08, 2022| 08:52 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।