बुधबार, असार १०, २०८३

चितुवाको बच्चा मृत अवस्थामा फेला

अन्दाजी पाँच महिनाको जस्तो देखिने चितुवाको ढाडमा चोट लागेको छ। मरेको चितुवा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

स्याङ्जा- स्याङ्जाको वालिङमा चितुवाको बच्चा मृतावस्थामा भेटिएको छ। वालिङ नगरपालिका–१३ लेटास्थित गोरेटो बाटोमा सोमवार साँझ मृतावस्थामा चितुवा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

National life

अन्दाजी पाँच महिनाको जस्तो देखिने चितुवाको ढाडमा चोट लागेको छ। मरेको चितुवा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरी टोलीले मृत चितुवालाई सबडिभिजन वन कार्यालय वालिङमा बुझाएको उनले बताए। 

मृत चितुवाको लम्बाइ ३२ इञ्च, उचाइ १३ इञ्च र गोलाइ ११ इञ्च रहेको जनाइएको छ। घटनास्थलमा पुगेर फर्केसँगै प्रहरीले थप अनुसन्धान थालेको प्रहरी प्रवक्ता अधिकारीले बताए।

प्रकाशित: Mar 08, 2022| 08:40 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।