काठमाडौं- काठमाडौंको रामकोटमा एकै परिवारका पाँच जनाले विष सेवन गरेका छन्। नागार्जुन नगरपालिकास्थित रामकोटमा सोमबार साँझ एकै परिवारका पाँच जनाले विष सेवन गरेको महानगरिय प्रहरी वृत्त स्वयम्भूका डिएसपी मिलन केसीले बताए। विष सेवनबाट एक जनाको मृत्यु भएको छ।
उनीहरुको बीस सेवन गरेको भन्ने आएको छ नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए। उनीहरुको बिरामी अवस्थामा स्वयम्भूस्थित मनमोहन अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ।
अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालिएको छ। प्रहरीका अनुसार घटनास्थलमा विषको बोटल पनि भेटिएको छ । प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ।