बुधबार, असोज १४, २०८३

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ८४ पैसा र बिक्री दर १२३ रुपैयाँ ४४ पैसा कायम गरेको छ।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ८४ पैसा र बिक्री दर १२३ रुपैयाँ ४४ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३३ रुपैयाँ २२ पैसा र बिक्री दर १३३ रुपैयाँ ८७ पैसा  कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१ रुपैयाँ ७२ पैसा र बिक्री दर १६२ रुपैयाँ ५१ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ७८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ८९ पैसा र बिक्री दर ९१ रुपैयाँ ३३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ०५ पैसा छ। 

जापानी येन १० को खरिद दर १० रुपैयाँ ६७ पैसा र बिक्री दर १० रुपैयाँ ७३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ४४ पैसा र बिक्री दर १९ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ७४ पैसा र बिक्री दर ३२ रुपैयाँ ९० पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ६२ पैसा र बिक्री दर ३३ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ। 

मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ५५ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ ०४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।   -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Mar 08, 2022| 06:40 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्