बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'पूर्वाग्रह तोडौं' भन्‍ने नारासहित आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै

'पूर्वाग्रह तोडौं' भन्‍ने नारासहित आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै

ब्रेक द बायस' (पूर्वाग्रह तोडौं) भन्‍ने नारासहित मंगलबार ११२ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ। लैंगिक असमानताहरु र पूर्वाग्रहरुलाई भत्काउँदै महिला सशक्तिकरणको अभियानसहित मंगलबार देश-विदेशमा विभिन्‍न कार्यक्रमहरु गरी अन्तर्राष्ट्रिय नारी दिवस मनाउन लागिएको हो।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

काठमाडौं- 'ब्रेक द बायस' (पूर्वाग्रह तोडौं) भन्‍ने नारासहित मंगलबार ११२ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ। लैंगिक असमानताहरु र पूर्वाग्रहरुलाई भत्काउँदै महिला सशक्तिकरणको अभियानसहित मंगलबार देश-विदेशमा विभिन्‍न कार्यक्रमहरु गरी अन्तर्राष्ट्रिय नारी दिवस मनाउन लागिएको हो। 

National life

नेपालको संविधानले पनि राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरेको छ।

संघ, प्रदेश र पालिकामा प्रतिनिधित्वसहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको छ। महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्‍न कानुन बनेका छन्। तर महिला हिंसाका घटनामा कमी आउन नसकेको भन्दै महिला अधिकारकर्मीहरु चिन्तित बनेका छन्। 

दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना व्यक्त गरेका छन्। संसारकै अपरिहार्य शक्तिको रुपमा रहेका नारीहरुको समानताका लागि सबैले आवाज बुलन्द गर्नुपर्ने महिलाअधिकारीहरुले बताएका छन्। 


प्रकाशित: Mar 08, 2022| 06:00 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।