शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हुन्डीको कारोबार गर्ने २ जना पक्राउ, डेढ करोड रुपैयाँ बरामद

हुन्डीको कारोबार गर्ने २ जना पक्राउ, डेढ करोड रुपैयाँ बरामद

हुन्डी कारोबारमा संलग्न २ जना पक्राउ परेका छन्।
 |  सोमबार, फागुन २३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८

काठमाडौं- हुन्डी कारोबारमा संलग्न २ जना पक्राउ परेका छन्। उनीहरूलाई काठमाडौं महानगरपालिका-१३ ताहचलबाट डेढ करोड रूपैयाँसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१९ टङ्केश्वरी ठेगाना भई कीर्तिपुर नगरपालिका-३ बस्ने २४ वर्षीय बिक्की खड्गी र काठमाडौं महानगरपालिका- १३ ताहचल बस्ने भारत प्रान्त पश्चिम बङ्गाल दार्जिलिङ सिलिगुरी ठेगाना भएका ३२ वर्षीय अमित कुमार अग्रवाल रहेका छन्। 

अग्रवालले काठमाडौंको मख्खनमा विमला इन्टरनेसनल प्रालि सञ्चालन गरी नक्कली गर-गहनाको होलसेल कारोबार गर्दै आएका थिए। उनीहरूले राजस्व छली गैरकानूनी रूपमा हुन्डीमार्फत वित्तीय कारोबारसमेत गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। यसपछि प्रहरीले अमितकुमार अग्रवाल बस्ने घरको गेट अगाडि बिकी खड्गीलाई फेला पारेको थियो। उनलाई सोधपुछ गर्दा उनले कालीमाटीस्थित जीवनदृष्टी बहुउद्धेश्यीय सहकारी संस्थाबाट ५० लाख रूपैयाँ ल्याई अमित कुमारको कोठामा पुर्‍याइदिएको बयान दिएका थिए। 

यसपछि अमितकुमारको डेरा तलासी गर्दा नेपाली नगद १ करोड ५० लाख फेला परेको थियो। उनीहरूबाट विभिन्न चेक, भौचर प्याड, कारोबार सम्बन्धी विभिन्न कागजातहरू, २ थान ल्यापटप र २ थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ। 

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ। 


प्रकाशित: Mar 07, 2022| 18:37 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।