बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल-चीन नाका खुलाउन चिनियाँ विदेशमन्त्रीसँग १ घण्टा संवाद

नेपाल-चीन नाका खुलाउन चिनियाँ विदेशमन्त्रीसँग १ घण्टा संवाद

परराष्ट्रमन्त्री डा नारायण खड्काले चीनसँगको नाका खुलाउने विषयमा चिनियाँ पक्षसँग वार्ता भइरहेको बताएका छन्। सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री डा खड्काले यस्तो जानकारी दिएका हुन्।
 |  सोमबार, फागुन २३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८

काठमाडौं- परराष्ट्रमन्त्री डा नारायण खड्काले चीनसँगको नाका खुलाउने विषयमा चिनियाँ पक्षसँग वार्ता भइरहेको बताएका छन्। सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री डा खड्काले यस्तो जानकारी दिएका हुन्। 

चीनसँगको नाका खुलाउने विषयमा छलफल भएको र छिट्टै खुल्ने विश्वाससमेत उनले व्यक्त गरे। चीनका विदेशमन्त्री वाडसँग सो नाका खुलाउनका लागि करिब १ घण्टा टेलिफोन संवाद आफूले गरेको उल्लेख गर्दै उनले दुवै देशको हितका लागि पनि सो नाका खुलाउन ढिलाई गर्न नहुने बताए।

'उत्तरी नाका खोल्न पहल गरिराखेका छौं। चीनका विदेश मन्त्री वाङसँग सोही माग राखेर एक घण्टा टेलिफोन वार्ता गरिएको छ। चिनिया राजदुतसँग पनि सो नाका खोल्ने विषयमा कुराकानी भएका छन्। दुवै देशको हितमा भएकाले सो नाका छिट्टै खुल्ने विश्वास लिएका छौं,' उनले भने। 

पत्रकार सम्मेलनमा उनले छिट्टै विदेशी राष्ट्रप्रमुख वा प्रधानमन्त्रीले नेपाल भ्रमण गर्नेसमेत जानकारी गराएका थिए। तर कुन देशबाट उच्चस्तरीय भ्रमण हुने भन्ने विषयमा उनले खुलाएका छैनन्। 

प्रकाशित: Mar 07, 2022| 17:55 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्