बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ललितपुर घटना : आगो बालेर सुतेका कारण मृत्यु भएको अनुमान

ललितपुर घटना : आगो बालेर सुतेका कारण मृत्यु भएको अनुमान

कोयोसोम गाउँपालिका–४ नल्लुमा टिनको छानो भएको घरभित्र राति आगो बालेर झ्याल ढोका थुनेर सुत्दा अक्सिजन नपुगेर मृत्यु भएको हुनसक्ने घटनास्थल पुगेको चिकित्सकको टोलीले अनुमान गरेको छ।
 |  सोमबार, फागुन २३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८
National life
Shivam cement

काठमााडौं- ललितपुरमा एकैघरका ५ जनाको मृत्यु भएको छ। कोयोसोम गाउँपालिका–४ नल्लुमा टिनको छानो भएको घरभित्र राति आगो बालेर झ्याल ढोका थुनेर सुत्दा अक्सिजन नपुगेर मृत्यु भएको हुनसक्ने घटनास्थल पुगेको चिकित्सकको टोलीले अनुमान गरेको छ। 

महानगरीय प्रहरी परिषद् जावलाखेलका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ३३ वर्षीया सुस्मा, ९ वर्षीय आशिष, ७ वर्षीया आस्मा र २ दिनको शिशुको मृत्यु भएको हो।

प्रहरीका अनुसार ४ जना घरभित्रै र एकको उपचारका क्रममा मृत्यु भएको हो। गम्भीर अवस्थामा रहेका २२ वर्षीय शुभ तामाङको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: Mar 07, 2022| 15:51 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।