बुटवल- वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई अभिमुखिकरण गर्ने उदेश्यले तीन प्रदेशका वैदेशिक राजगार व्यवसायीहरूलाइ ५ दिने प्रशिक्षक प्रशिक्षण सुरू भएको छ।
सोमबारदेखि सुरू भएको प्रशिक्षणमा लुम्बिनि, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका व्यवसायिबाट प्रतिनिधित्व गरेर सहभागी रहेको छ। प्रशिक्षणको सोमबार एक समारोहका विच उद्घाटन गरिएको छ।
उद्घाटनका अवसरमा स्थानिय विकास पशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक कुमार प्रसाद दाहालले बैदेशिक रोजगार क्षेत्रमा स्वार्थ समूहका कारण तमाम समस्याहरू रहेकाले सुधारका लागि प्रस्थानविन्दु पूर्व प्रस्थान अभिमुखिकरण व्यवसायीहरू रहेको बताए।
उनले पैसाका कारण समस्या भएको बताउदै अभिमुखिकरण तालिमका लागि म्यानपावरसंग कोटामा काम गर्ने गरेको बताए। उनले ७४ प्रतिशत अदक्ष नेपालिहरू वैदेशिक रोजगारमा जानेहरू रहेकाले थम चेकमात्रै गराउने काम नगर्न अनुरोध गरे। नेपालमा अभिमुखिकरण सबैभन्दा कमजोर रहेको उनले बताए।
बैदेशिक रोजगार बोर्ड कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले लुम्बिनी र गण्डकी प्रदेशमा वैदेशिक रोजगारीमा जानेहरू अधिक रहेकाले मृत्यु भएर फर्कनेहरू पनि यहि क्षेत्रमा बढि भएकाले अभिमुखपकरणमा ध्यान दिनुपर्ने बताए। 'रोजगार नपाएर चप्पल पडकाएर विदेशमा बेल्चा हान्न जानुहुन्छ, शारीरिक र मानसिक रूपमा सकुशल फर्काउनका लागि नयाँ पाठ्यक्रम बनाएका छौं, त्यसैले कार्यान्वयन गर्न प्रशिक्षक प्रशिक्षण सञ्चालन गरेका हौं' उनले भने। उनले विदेशमा जाने श्रमिकको सुरक्षा कवजको ज्ञान दिनुपर्ने बताए।
त्यस्तै कार्यक्रममा नेपाल बैदेशिक रोजगार अभिमुखिकरण व्यवसायी महासंघका अध्यक्ष रामराजा गौतमले विदेश जाने श्रमिकहरू ठगिएपछि मात्रै प्रशिक्षण लिन आउने अवस्था भएकने बताए। उनले विदेश जानूपूर्व लिईने तालिमले श्रमिकलाई आवश्यक सुचना, कानुनि ज्ञान तथा विविध पक्षबारे जानकारी गराउन कुनै कसुर बनकि राख्न आग्रह गरे। उनले व्यवसायीहरू सदैव ईमान्दार हुन आग्रह गरे।
बैदेशिक रोजगार बोर्डको सचिवालयका उपसचिव मैयाँ कडेलले बैदेशिक रोजगारमा जानेहरूको जीवन बचाउने गरि काम गर्न आगह गरिन्। लुम्बिनि, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशबाट प्रतिनिधित्व रहेकाले वैदेशिक रोजगारमा जानेहरूलाई दुर्घटनाबाट बचाउने भूमिकामा खटिन अपिल गरिन। फागुन २७ गतेसम्म सञ्चालन हुने प्रशिक्षक प्रशिक्षणमा चार प्रदेशबाट २५ जना सहभागी भएको बोर्ड सचिवालयका शाखा अधिकृत शोभाखर भण्डारीले बताए।
लुम्बिनि प्रदेशमा अभिमुखिकरण सञ्चालन गर्ने ८ वटा निकायले अनुमति पाएको नेपाल बैदेशिक रोजगार अभिमुखिकरण व्यवसायी महासंघ लुम्बिनिकन अध्यक्ष दिपेन्द्र पौडेलले जानकारी दिए। नेपाल १४६ वटा अभिमुखिकरण सेन्टरहरू छन।