सोमबार, कात्तिक ९, २०८३

कलाश्री सम्मान परशु प्रधानलाई, पुरस्कार मञ्जु काँचुलीलाई

नेपाल कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०७८ को राष्ट्रिय कलाश्री सम्मान–२०७८ वरिष्ठ साहित्यकार परशु प्रधानलाई प्रदान गर्ने निर्णय गरेको छ।
 |  सोमबार, फागुन २३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८

काठमाडौं– नेपाल कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०७८ को राष्ट्रिय कलाश्री सम्मान–२०७८ वरिष्ठ साहित्यकार परशु प्रधानलाई प्रदान गर्ने निर्णय गरेको छ।

प्रतिष्ठानकी अध्यक्ष मोमिलाको अध्यक्षतामा बसेको बैठकले यही चैत महिनामा सम्पन्न हुने विशेष समारोहमा कलाश्री सम्मान प्रदान गर्ने निर्णय गरेको हो।

यस्तै साहित्यकार मञ्जु काँचुलीलाई एक लाख रुपैयाँसहित राष्ट्रिय कलाश्री पुरस्कार २०७८ प्रदान गर्ने निर्णय पनि संस्थाले गरेको छ।  केशव सिग्देललाई ७५ हजार रुपैयाँको सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार, धीरेन्द्र प्रेमर्षिलाई ५० हजार रुपैयाँको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार, मूर्तिकार ओम केसीलाई ६० हजारको थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार र गायक शिव परियारलाई  ५० हजारको पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार दिइने भएको छ।

यसअघि राष्ट्रिय कलाश्री सम्मानबाट जगदीश घिमिरे, मदनमणि दीक्षित, सत्यमोहन जोशी, शशी शाह, फत्तेमान राजभण्डारी, मनुजबाबु मिश्र, तुलसी दिवस, दुर्गा बराल ९वात्स्यायान०, दुर्गालाल श्रेष्ठ, डा। वासुदेव त्रिपाठी, वैरागी काइँला, प्रेमध्वज प्रधान तथा रामेश सम्मानित भइसकेका छन्।


प्रकाशित: Mar 07, 2022| 13:55 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।