बुधबार, असार १०, २०८३

बलात्कार आरोपमा शिक्षक पक्राउ

जबरजस्ती करणी आरोपमा एक शिक्षक पक्राउ परेका छन्।
 |  सोमबार, फागुन २३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८

काठमाडौं– जबरजस्ती करणी आरोपमा एक शिक्षक पक्राउ परेका छन्। अर्घाखाँचीको मालारानी गाउँपालिका–७ हंसपुरको एक विद्यालयका २७ वर्षीय शिक्षक आफ्नै विद्यालयकी छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन्।

National life

ती शिक्षकले १५ वर्षीया नाबालिका छात्रालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो। प्रहरीले आरोपित शिक्षक र विद्यालयको नाम भने खुलाएको छैन।

पीडितको तर्फबाट प्रहरीमा दिइएको जाहेरीमा स्थानीय जंगलमा लगेर शिक्षकले पहिलो पटक गत पुस १९ गते र त्यसयता पटकपटक जबरजस्ती करणी गरेको उल्लेख छ। करणीपछि नाबालिका गर्भवती भएको र गर्भपतन समेत गर्नुपरेको प्रहरीमा दिइएको जाहेरीमा उल्लेख छ।

आरोपित शिक्षकलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट ६ दिनको म्याद लिएको छ।


प्रकाशित: Mar 07, 2022| 12:11 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।