बुधबार, असार १०, २०८३

ललितपुरमा एकै परिवारका पाँच जनाको शंकास्पद मृत्यु

ललितपुरको कोन्ज्योस्योम गाउँपालिका–४ मा एकै घरका ४ जना मृत फेला परेका छन्।
 |  सोमबार, फागुन २३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८
National life
Shivam cement

काठमाडौं– ललितपुरको कोन्ज्योस्योम गाउँपालिका–४ मा एकै घरका पाँच जनाको मृत्यु भएको छ। चार जना घरमै मृत फेला परेको र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो। 

मृत्यु हुनेमा दुई दिनकी सुत्केरी आमा र नवजात शिशु पनि छन्। महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी वसन्त कुँवरका अनुसार सोमबार बिहान ४ जना घरमै शंकास्पद अवस्थामा मृत फेला परेका थिए भने थप एक जनालाई उपचारका लागि पाटन अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको हो। प्रहरीले घटनास्थलमा विषको जस्तो बट्टा फेला परेको जनाएको छ।

परिवारमा ६ जना सदस्य रहेकोमा एक जनामात्रै जीवित भेटिएको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न सकेको छैन।


प्रकाशित: Mar 07, 2022| 11:44 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।