बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कार्यसम्पादन मूल्याङ्कनमा पुर्चौडी नगरपालिका पहिलो

कार्यसम्पादन मूल्याङ्कनमा पुर्चौडी नगरपालिका पहिलो

प्रतिवेदनमा पुर्चौंडीले सबैभन्दा बढी ७२.२६ प्रतिशत अङ्क पाएको छ। दोगडाकेदार ६६.७८, शिवनाथ गाउँपालिकाले ६६.६९, पाटन ६४.७१, दशरथचन्द ५८.४७ र मेलौली नगरपालिकाले ५८.३६ अङ्क पाएको छ।
 |  सोमबार, फागुन २३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८

बैतडी- कार्यसम्पादन मूल्याङ्कनमा पुर्चौडी नगरपालिका पहिलो नम्बर देखिएको छ। प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका १० स्थानीय तहमध्ये पुर्चौडी पहिलो नम्बरमा देखिएको हो।

National life

प्रतिवेदनमा पुर्चौंडीले सबैभन्दा बढी ७२.२६ प्रतिशत अङ्क पाएको छ। दोगडाकेदार ६६.७८, शिवनाथ गाउँपालिकाले ६६.६९, पाटन ६४.७१, दशरथचन्द ५८.४७ र मेलौली नगरपालिकाले ५८.३६ अङ्क पाएको छ। 

यसैगरी पञ्चेश्वर ५७.५९, डिलाशैनी ५५.९३ र सिगास गाउँपालिकाले ५५.७१ अङ्क पाएको छ। जिल्लामा सबैभन्दा कम सुर्नया गाउँपालिकाले ४८.८९ अङ्क पाएको छ। यही मूल्याङ्कनका आधारमा आयोगले आर्थिक वर्ष २०७९/८० का लागि सङ्घबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम सिफारिस हुने जनाइएको छ।

आयोगले कार्यसम्पादन सूचक मूल्याङ्कनबाट प्राप्त अङक र तथ्याङ्क सार्वजनिक गरेको हो। आयोगले सार्वजनिक गरेको सूचकअनुसार सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान सिफारिस गर्ने गरिन्छ। सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्कसमेतको आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अङ्क प्रदान गरेको हो।

सो मूल्याङ्कन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएको थियो। पालिकाले समयमै बजेट पेस गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, स्थानीय तहले करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गरे/नगरेको, आउँदो आर्थिक वर्षको लागि आय/व्ययको प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी हरेक वर्षको कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेकोलगायतका विषयमा मूल्याङ्कन गरेको थियो।

Shivam cement

त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र सङ्कलन, अघिल्लो वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरे/नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसूति संख्यालगायत शीर्षकका सूचकका आधारमा आयोगले स्थानीय तहलाई अङ्कभार दिएको हो। रासस 

प्रकाशित: Mar 07, 2022| 11:37 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।