काठमाडौं– सुनको भाउ प्रतितोला १ लाख ३ हजार पुगेको छ। हिजो आइतबार १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ११ सय बढेको हो।
त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दैनिक रुपमा सुनचाँदीको मूल्य तोक्छ।
पछिल्लो पटक ०७७ साउन २३ गते सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा भाउ बढेपछि स्थानीय बजारमा पनि सुन अकासिएको हो। युक्रेनमाथि रुसको आक्रमणलाई लिएर अमेरिका, बेलायतलगायत राष्ट्रसँग रुसको विवाद बढ्दा सुनको माग र मूल्य बढ्न गएको हो।