शुक्रबार, साउन २९, २०८३

ओमथान खोलामा ट्रस पुल निर्माण

लुलाङ हुँदै गुर्जा जोड्ने पदमार्गमा पर्ने ओमथान खोलामा निर्माण भएको पुलको आइतबार वडाध्यक्ष झकबहादुर छन्त्यालले शुभारम्भ गरे।
 |  सोमबार, फागुन २३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८

म्याग्दी- म्याग्दीको धौलागिरी गाउँपालिका-१ गुर्जास्थित ओमथान खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ। लुलाङ हुँदै गुर्जा जोड्ने पदमार्गमा पर्ने ओमथान खोलामा निर्माण भएको पुलको आइतबार वडाध्यक्ष झकबहादुर छन्त्यालले शुभारम्भ गरे।

पुलले गुर्जा आउजाउ सहज र सुरक्षित बनाउन सघाएको वडाध्यक्ष छन्त्यालले बताए। यसअघि सो ठाउँमा रहेको अस्थायी प्रकृतिको झोलुङ्गे पुल थियो। बर्खायाममा खोलामा बाढी आउँदा वारपार गर्न समस्या हुने गरेको थियो। 

गाउँपालिकाका इञ्जिनियर सोबिन जिसीका अनुसार २८ मिटर लामो पुल निर्माणका लागि उपभोक्ता समितिसँग ३० लाख ९३ हजार ३५२ मा सम्झौता भएको थियो। पुलबाट २५८ घरधुरी लाभान्वित भएका छन्। टिभिएसयुद्वारा सञ्चालित स्वाप परियोजना, गाउँपालिका र समुदायको साझेदारीमा पुल निर्माण भएको हो।

धौलागिरि गाउँपालिकामा गत वर्ष सुरु भएका चार वटा स्टिल ट्रस र तीन वटा झोलुङ्गे पुलमध्ये पाँच वटा सम्पन्न भएका इन्जिनियर जिसीले बताए। वडा नम्बर ६ मराङको अस्कारे खोलामा ३० लाख ५० हजारको लागतमा ३५ मिटर लामो ट्रस प्रविधिको पुल निर्माण भएको थियो। 

वडा नम्बर ४ नाउराको कोपिलाघाटमा रु ४० लाख ९४ हजार ४०५ को लातमा ६७ मिटर लामो झोलुङ्गे र वडा नम्बर २ को आवासखोलामा ३२ लाख ४१ हजार ८४९ को लागतमा ३२ मिटर लामो ट्रस पुल निर्माण भइसकेको गाउँपालिकाका प्राविधिक दिलीप थापाले बताए। गुर्जाको धुनधुनाखोलामा पनि २८ मिटर लामो स्टिल ट्रस पुल निर्माण सकिएको छ। 

मुनाको पुल्टिसखोला र मल्कवाङको खोलाखर्कको झोलुङ्गे पुल अन्तिम चरणमा छन्। पुल निर्माणका क्रममा सामाजिक तथा प्राविधिक सहजीकरण गैरसरकारी संस्था मिलन म्याग्दीले गरेको थियो। 

प्रकाशित: Mar 07, 2022| 10:50 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।