बुधबार, चैत ४, २०८२

प्रजनन स्वास्थ्य महिलाको प्रमुख मानव अधिकार : राज्यमन्त्री खापुङ

स्वाथ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङले प्रजनन स्वास्थ्य महिलाको प्रमुख मानव अधिकार भएको बताएका छन्।
 |  आइतबार, फागुन २२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २२, २०७८

काठमाडौं- स्वाथ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङले प्रजनन स्वास्थ्य महिलाको प्रमुख मानव अधिकार भएको बताएका छन्। अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा आइतबार महिला, कानुन र विकास मञ्चले काठमाडौंमा आयोजना गरेको ‘मबाट महिलावाद’ कार्यक्रममा राज्यमन्त्री खापुङले यस्तो बताएका हुन्।

National life

कार्यक्रममा खापुङले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारका लागि कानुन पर्याप्त भएको तर कार्यान्वयनको पाटो फितलो भएकोप्रति चिन्ता व्यक्त गर्दै कार्यान्वयनको पक्ष बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे। अहिलेको युगमा पनि गर्भपतन अधिकार कि अपराध भन्ने अवस्था कायम रहनु दुर्भाग्यपूर्ण रहेको खापुङको तर्क थियो।

नेपालको कानूनले आमाको नाममा नागरिकता, सम्पत्तिमा समान अधिकार र सुरक्षित गर्भपतनलाई कानूनी मान्यता दिए पनि कार्यान्वयनमा अझै समस्या भएको उनको भनाइ थियो।

सुनिश्चित भएका हक, अधिकार कानुन र कारबाहीबारे प्रचार गर्न सके महिला हिंसा न्यूनीकरण हुने उनको भनाइ छ। 

‘नीति निमार्ण गर्ने तहमा महिला सहभागिता हुने अधिकार कानुन र संविधानमा छ। आज राज्यका हरेक स्थानमा महिलाको सशक्त भूमिका देखिएको छ। निजामति, सुरक्षा, राजनीति लगायत सबै स्थानमा महिलाको सहभागिता हुनु राम्रो छ। यसलाई अझै बढाउनु जरुरी छ,’उनले भने।  

Laxmi sunrise bank
kumari

महिलामाथि हुने विभेदका कारण प्रजनन स्वास्थ्य समस्या उब्जिएको अधिकारकर्मीहरुको भनाइ छ। कार्यक्रममा ‘मेरो शरिर, मेरो अधिकारः यौन तथा प्रजनन स्वास्थ्य अधिकार’ कै सन्दर्भमा गीत, कविता, नाटक प्रदर्शन गरिएको थियो।

प्रकाशित: Mar 06, 2022| 23:05 आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्