बुधबार, असार १०, २०८३

शिलान्यासमै सीमित बने स्वास्थ्यका भवन

हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी, ऐंसेलुखर्क, रावाबेँसी र साकेला गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्न शिलान्यास गरिएको हो।
 |  सोमबार, फागुन २३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८

खोटाङ- सरकारको नीतिअनुसार गत वर्ष जिल्लाका दशमध्ये छवटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरिएको थियो। हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी, ऐंसेलुखर्क, रावाबेँसी र साकेला गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्न शिलान्यास गरिएको हो। 

National life

हलेसी तुवाचुङ नगरपालिका, जन्तेढुङ्गा, केपिलासगढी र ऐसेलुखक गाउँपालिकामा १५÷१५ शय्या तथा रावाबेँसी गाउँपालिकामा दश र साकेला गाउँपालिकामा पाँच शय्याको अस्पताल बनाउन शुभारम्भ गरिएको थियो। तत्कालीन सरकारले निर्धारण गरेको कार्यक्रमअनुसार विसं २०७७ मंसिर–१५ गते जिल्लाका चार स्थानीय तहमा एकै दिन अस्पताल शिलान्यास गरिएको हो। 

हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी र ऐसेलुखक गाउँपालिकामा मंसिर–१५ गते तथा केपिलासगढीमा मंसिर–२३ गते शिलान्यास गरिएको थियो भने, साकेला गाउँपालिकामा निर्माण गरिने अस्पताल बिना शिलान्यास काम सुरु गरिएको थियो। साकेला गाउँपालिकामा सञ्चालित कुनै पनि योजना अहिलेसम्म औपचारिकरुपमा शिलान्यास तथा उद्घाटन हुने गरेको छैन। 

सांसद विशाल भट्टराईले हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिका तथा प्रदेशसभा सदस्य राजन राईले ऐंसेलुखर्क र अर्का सदस्य रामकुमार राई ‘पासाङ’ले जन्तेढुङ्गा गाउँपालिकामा शिलान्यास गरेका थिए।

गाउँमै सम्पूर्ण स्वास्थ्य सेवा पाउने अपेक्षासहित निक्कै उल्लासका साथ शुभारम्भ गरिएका कतिपय स्थानीय तहको आधारभूत अस्पताल वर्षदिन बित्दासमेत निर्माणको सुरु भएको छैन। आफूले शिलान्यास गरेको योजनाको काम अगाडि बढ्यो या बढेन अहिलेसम्म प्रमुख अतिथि भएर शिलान्यास गर्ने व्यक्तिलाई थाहा छैन।  

Shivam cement

ऐंसेलुखर्कमा निर्माण गरिने १५ शय्याको अस्पतालका लागि भर्खर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर ठेक्कामात्र आह्वान गर्ने काम भएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले जानकारी दिए। ऐंसेलुखर्कमा निर्माण गरिने अस्पतालका लागि स्वास्थ्य मन्त्रालयले १८ करोड बजेट उपलब्ध गराए पनि २० करोडको डिपिआर तयार भएको गाउँपालिकाले जनाएको छ। 

कूल १८ करोड छ लाख ८२ हजारको सीमाभित्र रहेर आगामी दुई वर्षभित्र निर्माण गरिसक्नुपर्ने जन्तेढुङ्गा गाउँपालिका–२ चिसापानीमा निर्माण सुरु गरिएको १५ शय्याको अस्पतालको ठेक्का ड्रागन–रियर जेभीले लिएको छ तर, सो निर्माण कम्पनीले अस्पतालको काम सिद्धगढी निर्माण कम्पनीलाई सुम्पिएको छ। 

हलेसी तुवाचुङमा  निर्माण गरिने अस्पतालका लागि विसं २०७७ असारमा ठेक्का आह्वान गरिए पनि गत भदौ २९ गतेमात्र ठेकेदार कम्पनीसँग सम्झौता भएको छ। नगरपालिकाले २३ करोडमा ठेक्का आह्वान गरे पनि नमूना हिमालयन जेभी विराटनगरले भ्याटसहित १३ करोड ५५ लाख नौ हजार १८० मा सम्झौता गरेर निर्माणको काम सुरु गरेको लेखा अधिकृत माधवप्रसाद आचार्यले जानकारी दिएका छन्। 

केपिलासगढीमा निर्माण गरिने १५ शय्याको अस्पताल विवस कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले ठेक्का पारेको छ। १८ करोड २५ लाखमा ठेक्का आह्वान १५ शय्याको अस्पतालको लागि १२ लाख ५० हजारमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले जानकारी दिए। सो गाउँपालिकामा पनि घडेरी सम्याउने काममात्र पूरा भएको पाइएको छ। निर्माण कम्पनीले आवश्यक निर्माण सामग्री र कामदारको व्यवस्था गरिसकेकाले निर्माणको कामले गति लिने गाउँपालिकाको अपेक्षा छ। 

कूल १८ करोड छ लाख ८२ हजारको सीमाभित्र रहेर आगामी दुई वर्षभित्र निर्माण गरिसक्नुपर्ने जन्तेढुङ्गा गाउँपालिका–२ चिसापानीमा निर्माण सुरु गरिएको १५ शय्याको अस्पतालको ठेक्का ड्रागन–रियर जेभीले लिएको छ तर, सो निर्माण कम्पनीले अस्पतालको काम सिद्धगढी निर्माण कम्पनीलाई सुम्पिएको छ। 

महादेव–खिम्ती–अञ्जना–रुजन जेभीले निर्माणको जिम्मा लिएको रावाबेँसी गाउँपालिकामा निर्माण हुने दश शय्याको अस्पताल अहिले घडेरी सम्याउने काममात्र पूरा भएको पाइएको छ। भ्याडबाहेक छ करोड ७० लाख लागतमा सम्पन्न अस्पतालको लागि आवश्यक सामग्री ल्याइसकिएकाले निर्माणको कामलाई तीव्रता दिने तयारी भइरहेको केठेदार कम्पनीका प्रतिनिधि ध्रुवकुमार श्रेष्ठले जानकारी दिए। 

साकेला गाउँपालिका–२ रतन्छामा भ्याटसहित छ करोड ७६ लाख ७६ हजार ४५५ मा पाँच शय्याको अस्पताल निर्माण हुँदैछ। खानी निर्माण सेवा बानेश्वर काठमाडौंले निर्माणको जिम्मा लिएको अस्पतालको अहिले डिपिसी गरेर पिल्लर राख्ने कामस सुरु भएको गाउँपालिकाका प्रमुख इन्जिनियर आशिष राईले जानकारी दिए। 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यस वर्ष तीन स्थानीय तहमा अस्पताल निर्माणको योजना स्वीकृत भएको छ। हरेक स्थानीय तहमा कम्तिमा पाँच शय्याको अस्पताल निर्माण गर्ने सरकारको नीतिअनुसार बराहपोखरी, दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकामा यस वर्षमात्रै योजना परेको हो। 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र तथा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा यसअघि नै १५ शय्याको सरकारी जिल्ला अस्पताल सञ्चालनमा थियो। उनन्तीस वर्षसम्म १५ शय्यामा सञ्चालन हुँदै आएको जिल्लाको एकमात्र सरकारी अस्पताललाई अहिले ५० शय्यामा स्तरोन्नति गर्ने काम भइरहेको अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले जानकारी दिए।   रासस

प्रकाशित: Mar 07, 2022| 09:00 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।