शुक्रबार, साउन २९, २०८३

६० वर्षीया पूजामाथि श्रीमानबाटै रसायन र छुरा प्रहार

घरायसी विवादपछि श्रीमान श्याम गुभाजुले नाम नखुलेको केमिकल शरीरमा प्रहार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
 |  सोमबार, फागुन २३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८

काठमाडौं- भक्तपुरमा एक महिलामाथि हानिकारक रसायन प्रहार भएको छ। आइतबार साँझ सूर्यबिनायक नगरपालिका वडा नन्मबर ४ स्थित दधिकोट बस्ने ६० वर्षीया पूजा गुभाजुमाथि नाम नखुलेको रसायन प्रहार भएको हो। 

घरायसी विवादपछि श्रीमान श्याम गुभाजुले नाम नखुलेको केमिकल शरीरमा प्रहार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले घटनामाथि थप अनुसन्धान भइरहेको जानकारी दिइन्। ‘तेजाब हो की अन्य केमिकल अनुसन्धान भइरहेको छ,’ प्रजिअ शर्माले भनिन्। प्रहरीका अनुसार घाइतेलाई छुरासमेत प्रहार भएको छ। गम्भीर घाइते गुभाजुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।   

घटनामा संलग्न श्याम गुभाजुलाई प्रहरीले पक्राउ गरिसकेको छ। घरायसी विवादका कारण श्यामले पत्नीलाई रसायन प्रहार आफन्तले बताएका छन्। 

प्रकाशित: Mar 07, 2022| 08:10 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।