काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५६ पैसा र बिक्री दर १२२ रुपैयाँ १६ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३२ रुपैयाँ ८३ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ ७९ पैसा र बिक्री दर १६१ रुपैयाँ ५८ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ६० पैसा र बिक्री दर ९० रुपैयाँ ०४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ९५ पैसा छ।
जापानी येन १० को खरिद दर १० रुपैयाँ ५९ पैसा र बिक्री दर १० रुपैयाँ ६४ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ २३ पैसा र बिक्री दर १९ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४० पैसा र बिक्री दर ३२ रुपैयाँ ५६ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १९ पैसा र बिक्री दर ३३ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ १० पैसा छ भने बिक्री दर २९ रुपैयाँ २४ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९८ पैसा र बिक्री दर १० रुपैयाँ ०३ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। -यस्तो छ आजको विनिमय दर