बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पासपोर्ट, भिसा र टिकट बिना दोहा जान लागेका यात्रुबारेको अध्ययन समितिले बुझायो प्रतिवेदन

पासपोर्ट, भिसा र टिकट बिना दोहा जान लागेका यात्रुबारेको अध्ययन समितिले बुझायो प्रतिवेदन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उडान भर्न लागेको नेपाल एअरलाइन्सको विमानमा पासपोर्ट र भिसाविना एक व्यक्ति पुगेको घटनाको सम्बन्धमा छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई आफ्नो प्रतिवेदन बुझाएको छ।
 |  आइतबार, फागुन २२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २२, २०७८

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उडान भर्न लागेको नेपाल एअरलाइन्सको विमानमा पासपोर्ट र भिसाविना  एक व्यक्ति पुगेको घटनाको सम्बन्धमा छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई आफ्नो प्रतिवेदन बुझाएको छ। 

National life

गृह मन्त्रालयमा आइतबार समितिका संयोजक अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले प्रतिवेदन बुझाएका हुन्। फागुन ९ गते राति हवाईजहाजको टिकट र भिसा नभएका व्यक्ति विमानस्थलभित्र छिरेर जहाजसम्म पुगेका थिए। गृहमन्त्रीस्तरीय निर्णयबाट फागुन १३ गते विमानस्थल सुरक्षा अवस्था तथा सुधारका उपायहरू सम्बन्धमा सिफारिस गर्न भन्दै समिति गठन भएको थियो। 

समितिमा महासेनानी अनुप अधिकारी, प्रहरी उपरीक्षक वेद विष्ट, कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, उप–अनुसन्धान निर्देशक विष्णुमणि आचार्य, हवाई सुरक्षा निर्देशक वासुदेव भट्टराई, नेपाल वायु सेवा निगमका निर्देशक अनिल घिमिरे, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल तथा गृह मन्त्रालयका उपसचिव गोमा चेम्जोङ सदस्य थिए। 

समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले रिपोर्ट कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने बताए। उनले विमानस्थलभित्र नागरिक छिरेर जहाजमै पुग्नु संवेदनशील भएको भन्दै त्यो घटना कसरी भएको हो? कसको कमजोरीले भएको हो? पर्यटन, अर्थसहितको सल्लाहमा दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने गृहमन्त्री खाणले बताए। 

कोभिड-१९ को प्रकोप घटेको र व्यवस्थापन गर्न सरकार सफल भएको भन्दै अब अझै पर्यटकको आगमन बढ्ने भन्दै गृहमन्त्री खाँणले जति आगमन बढ्यो, त्यति सुरक्षा संवेदनशीलता बढ्ने भन्दै सचेत रहन सम्बन्धित निकाय चनाखो रहनुपर्ने बताउनुभयो। राष्ट्रको सुरक्षा सबैको मूल दायित्व भएको भन्दै अझ अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा झनै संवेदनशील भएको बताए। 

Shivam cement

प्रतिवेदन बुझाउँदै अध्यागमन विभागका महानिर्देशक तथा समितिका संयोजक भट्टराईले आफूहरूले प्रहरी प्रतिवेदन, अभियुक्तलाई विमानस्थलमै पुर्‍याएर लिएको जानकारी तथा सिसी टिभी फुटेजका आधारमा प्रतिवेदन तयार पारिएको जानकारी दिए। 

प्रकाशित: Mar 06, 2022| 20:43 आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।