शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महिलामा नेतृत्व विकास गर्नुपर्ने चुनौती छ : मन्त्री झाँक्री

महिलामा नेतृत्व विकास गर्नुपर्ने चुनौती छ : मन्त्री झाँक्री

महिलाहरु गुनासो गर्ने युगबाट दायित्व निर्वाह गर्ने ठाउँमा आइपुगेको उल्लेख गरेकी मन्त्री झाँक्रीले महिलाले राज्यका विभिन्न क्षेत्रमा अवसर पाएको उल्लेख गर्दै नेतृत्व विकासको चुनौती रहेको उल्लेख गरिन्।
 |  आइतबार, फागुन २२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २२, २०७८

काठमाडौं- सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिलाहरुमा नेतृत्व विकास गर्ने चुनौती रहेको बताएकी छन्। आइतबार महिला सुरक्षा दबाब समूहले ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजित 'राजनीतिक पार्टीहरुमा महिला नेतृत्व, सम्भावना र चुनौती' विषयक अन्तर्क्रियामा मन्त्री झाँक्रीले यस्तो बताएकी हुन्।

महिलाहरु गुनासो गर्ने युगबाट दायित्व निर्वाह गर्ने ठाउँमा आइपुगेको उल्लेख गरेकी मन्त्री झाँक्रीले महिलाले राज्यका विभिन्न क्षेत्रमा अवसर पाएपनि नेतृत्व विकासको चुनौती बाँकी रहेको उल्लेख गरिन्। महिलाहरुले आ–आफ्नो ठाउँबाट कुशलतापूर्वक जिम्मेवारी बहन गरेर देखाउनुपर्ने पनि उनको भनाइ थियो।

‘पुराना गुनासाका युगबाट सायद हामी डिपार्चर भइसक्यौँ। अब हामीले केही दायित्व निर्वाह गर्ने ठाउँमा आइसक्यौँ। जिम्मेवारी पूरा गर्ने ठाउँमा आइसक्यौँ,' उनले भनिन्, 'उत्तरदायित्वपूर्ण काम गर्ने ठाउँमा आएको कारणले हामी युगका धेरै धेरै कालरात्रीहरुबाट हामी भएर अगाडी बढेका छौँ। यो ठाउँसम्म आइपुग्दा हाम्रो चुनौती भनेको हामी साझा हिसाबले नेतृत्व विकास गर्ने, स्थापित हुने र त्यो स्थापित नेतृत्वले सामाजिक न्यायलाई आत्मसात गरेर त्यसले नेतृत्वमा पुगेपछि त वितरणकै कुरा हो नि। त्यो ठाउँमा कसरी जाने भन्ने कुरा हो। राजनीति भनेको शक्तिको प्राप्ति हो। र शक्तिको न्यायोचित वितरण हो। त्यो ठाउँमा महिलाहरु कसरी कुशलतापूर्वक काम गर्छन् भन्ने कुरा चाहिँ आजको दिनमा हामीले छलफल गरेर अगाडी जाने विषय हुन्। त्यसैले यो ठाउँतिरबाट छलफल गरौँ।’

मन्त्री झाँक्रीले अब महिला सहभागिताको कुरा मात्र नगरी क्वालिटीमा नेतृत्व दिनेकुरा महत्वपूर्ण भएको बताए। महिला राजनीतिको मूल प्रवाहमा आइसकेको उल्लेख गर्दै उहाँले अब कसैले रोक्न नसक्ने पनि बताएइन्। 

प्रकाशित: Mar 06, 2022| 19:29 आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।