बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंकले घटायो सुन आयातको कोटा, अब दैनिक १० किलोमात्र ल्याउन पाइने

राष्ट्र बैंकले घटायो सुन आयातको कोटा, अब दैनिक १० किलोमात्र ल्याउन पाइने

नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा घटाएको छ। आइतबार केन्द्रीय बैंकले सुन आयातको कोटा घटाएर आधा बनाएको हो।
 |  आइतबार, फागुन २२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २२, २०७८

काठमाडौं– नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा घटाएको छ। आइतबार केन्द्रीय बैंकले सुन आयातको कोटा घटाएर आधा बनाएको हो।

यसअघि दैनिक २० किलो सुन आयात हुँदै आएकोमा अब १० किलोमात्र आयात गर्न पाइने भएको छ।

विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै राष्ट्र बैंकले कोटा घटाएको हो। पछिल्लो समय सुनको मूल्य बढ्दो क्रममा छ। आज सुनको भाउ प्रतितोला १ लाख नाघेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज आइतबार तोलामा २ हजार रुपैयाँ बढेर छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो पटक ०७७ साउन २३ गते सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो।

आज चाँदीको मूल्य पनि बढेर प्रतितोला १४१५ रुपैयाँ पुगेको छ। 

अन्तर्राष्ट्रिय बजारमा भाउ बढेपछि स्थानीय बजारमा पनि सुन अकासिएको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १९७४ डलर हाराहारीमा पुगेको छ। युक्रेनमाथि रुसको आक्रमणलाई लिएर अमेरिका, बेलायतलगायत राष्ट्रसँग रुसको विवाद बढ्दा सुनको माग र मूल्य बढ्न गएको हो।

प्रकाशित: Mar 06, 2022| 15:30 आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्