शुक्रबार, साउन २९, २०८३

पल शाह थप १२ दिन प्रहरी हिरासतमा रहने

नाबालिग गायिकालाई बलात्कार गरेको अभियोग लागेका कलाकार पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले प्रहरीलाई अनुमति दिएको छ।
 |  आइतबार, फागुन २२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २२, २०७८

काठमाडौं– नाबालिग गायिकालाई बलात्कार गरेको अभियोग लागेका कलाकार पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले प्रहरीलाई अनुमति दिएको छ।

यसअघि सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि समय माग गरेको थियो। बलात्कारको उजुरी परेको केही दिनपछि १५ फागुनमा पल आफैं तनहुँ प्रहरीमा पुगेका थिए।

शाहले १७ वर्षीया गायिकामाथि पटकपटक बलात्कार गरेको पीडित पक्षको आरोप छ। गायिकाका तर्फबाट परिवारले दिएको उजुरीमा शाहले माया प्रेमको जालमा फसाएर बलात्कार गरेको आरोप लगाइएको छ।



प्रकाशित: Mar 06, 2022| 15:11 आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।