बुधबार, चैत ४, २०८२

बालबालिकालाई कोभिड खोपको अन्योल कायमै

नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएयता कुल जनसंख्याको ७४ प्रतिशतले एक मात्रा र ६१ प्रतिशतले पूर्ण मात्रा खोप लगएका छन्। त्यस्तै, १३ लाखभन्दा बढीले अतिरिक्त मात्रा खोप पनि लगाइसकेका छन्।
 |  आइतबार, फागुन २२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २२, २०७८

काठमाडौं– नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएयता कुल जनसंख्याको ७४ प्रतिशतले एक मात्रा र ६१ प्रतिशतले पूर्ण मात्रा खोप लगएका छन्। त्यस्तै, १३ लाखभन्दा बढीले अतिरिक्त मात्रा खोप पनि लगाइसकेका छन्।

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ४ करोड ७८ लाख ८२ हजार ८०० डोज खोप प्राप्त भएकोमा ३ करोड ७६ लाख ८२ हजार ८९० डोज खोप लगाइएको छ। पहिलो चरणमा १८ वर्षमाथि उमेर समूहकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको सरकारले दोस्रो चरणमा १२ वर्षमाथि उमेर समूहलाई पनि लगाएको छ। 

तर, ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाले भने कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन्। सरकारले यो उमेर समूहलाई पनि चाँडै खोप लगाउने भनेको महिनौं भइसकेको छ तर खोपका लागि थप प्रक्रिया भने अगाडि बढेको छैन। हालसम्म खोप खरिद सम्झौताका लागि ड्राफ्ट तयार भएको मात्रै छ, तर मन्त्रिपरिषद्मा भने पुगेको छैन। 

‘खोप खरिद सम्झौताका लागि मन्त्रिपरिषद्बाट पास हुनुपर्छ,’ स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनी भन्छन्, ‘८४ लाख डोज फाइजर खरिदको प्रक्रियाका लागि हामीले ड्राफ्ट तयार गरिसकेका छौं, अब मन्त्रिपरिषद्ले निर्णय गरेपछि सम्झौताका लागि प्रक्रिया अगाडि बढ्छ। सम्झौता भएको एक महिनाभित्र खोप आइपुग्छ।’ खोप दिनका लागि फाइजर कम्पनी सकारात्मक रहेको मरासिनीले बताए।

५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाले भने कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन्। सरकारले यो उमेर समूहलाई पनि चाँडै खोप लगाउने भनेको महिनौं भइसकेको छ तर खोपका लागि थप प्रक्रिया भने अगाडि बढेको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पनि ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई छिट्टै खोप दिने योजना रहेको बताएका छन्। खतिवडाका अनुसार केही समयभित्रै यो समूहका बालबालिकाले खोप पाउने छन्। खोप खरिदको प्रक्रिया सुरु भइसकेको उनले बताए। व्यवस्थापन महाशाखाका अनुसार ५ देखि ११ वर्ष उमेरका ४० लाख बालबालिकाका लागि ८४ लाख डोज खोप आवश्यक पर्छ।  

Laxmi sunrise bank
kumari

स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाले अर्को महिनाबाट खोप लगाउन सुरु गरिने बताए पनि हालसम्म खोप खरिद प्रक्रिया क्याबिनेटमा पुगेको छैन। सरकारले वैशाखसम्ममा १२ वर्ष माथिका सबै जनसंख्यालाई कोभिडविरुद्धको खोप लगाइसक्ने योजना बनाएको छ। चैतसम्ममा १८ वर्ष माथिकालाई खोप लगाइसक्ने योजना भए पनि १२ वर्ष माथिकालाई पनि खोप लगाउन थालेपछि एक महिना थप गर्दै वैशाखभित्र १२ वर्ष माथिका जनसंख्यालाई खोप लगाइसक्ने सरकारको योजना छ।

निर्वाचन आयोगले पनि वैशाख १० गतेभित्र आवश्यक पर्ने सबैलाई कोरोनाको खोप दिन सरकारलाई भनेको छ। ३० वैशाखमा स्थानीय निर्वाचन हुने भएकाले त्योभन्दा केही साताअघि नै आयोगले खोपको सुनिश्चितता खोजेको हो। 

नेपालमा गत वर्ष माघ १४ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको हो। यो अवधिमा १८ बर्ष माथिका लक्षित जनसंख्याको ९१.९ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् ७९.६ प्रतिशतले दोस्रो मात्रा पनि लगाइसकेका छन्। 

प्रकाशित: Mar 06, 2022| 13:25 आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्