बुधबार, असार १०, २०८३

गाउँबाट युवा पलायन रोक्न 'कृषि पर्यटन' विकास

जिल्लाको चार भञ्ज्याङ क्षेत्रका रूपमा परिचित फलेवास नगरपालिकाको वडा नं ८ र ९ र महाशिला गाउँपालिकाका केही क्षेत्रलाई कृषि पर्यटनका रूपमा विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको छ।
 |  आइतबार, फागुन २२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २२, २०७८

पर्वत- रोजगारीका लागि प्रवासमा गएका नेपालीहरूको संस्था ‘चार भञ्ज्याङ तमु समाज बेलायत’ले जिल्लामा कृषि पर्यटनको विकास गर्न थालेको छ।

National life

जिल्लाको चार भञ्ज्याङ क्षेत्रका रूपमा परिचित फलेवास नगरपालिकाको वडा नं ८ र ९ र महाशिला गाउँपालिकाका केही क्षेत्रलाई कृषि पर्यटनका रूपमा विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको छ। उक्त क्षेत्रबाट वैदेशिक रोजगारीका सिलसिलामा हङकङ, बेलायतलगायतका क्षेत्रका गएका स्थानीय प्रवासीले अभियान सञ्चालन गरेका हुन्।

शिक्षा, स्वास्थ्य, कृषि, वातावरण र पर्यटनलगायतका विषयलाई अवधारणाका रूपमा अघि सारेर अभियान सञ्चालन गरेको चार भञ्ज्याङ तमु समाजले परियोजना नै निर्माण गरेर कार्यान्वयनमा ल्याएको हो।

गाउँ बस्ती सहरीकरणको खोजीमा खाली हुँदै गएपछि गाउँवासीलाई गाउँमै रमाउने बनाउने मुख्य उद्देश्यका नयाँ अवधारणा अघि सारिएको तमु समाज बेलायतका अध्यक्ष मदन गुरुङले जानकारी दिए। उनले यसअघि विद्यालयका जीर्ण भवन निर्माण गर्ने र अत्याधुनिक प्राविधिक शिक्षा सञ्चालनका लागि समेत सहयोग गरिसकेको स्मरण गराउँदै पर्वत मै पहिलोपटक परियोजनाअन्तर्गत टेलिमेडिसिन सेवा सञ्चालन गरेको बताए। समाजको पहलमा निर्माण भएको टेलिमेडिसिनमा अहिले दैनिक ५० देखि १०० सम्म बिरामीले सेवा लिइरहेका छन्।

समाजका पूर्वअध्यक्ष चन्द्र गुरुङले गाउँको विकासका लागि आफूहरु गाँस काटेर जम्मा गरेको रकम र बिभिन्न प्रतियोगितामा सहभागी भएर प्राप्त पुरस्कार रकमलाई समेत परिचालन गरेर गाउँको विकासमा लगानी गरिएको बताए। फलेवास नगर प्रमुख पदमपाणि शर्माले चार समाज, फलेवास र महाशिलाका बिभिन्न वडामा सञ्चालन गरेका कार्यक्रमले समुदायका विपन्न वर्गले प्रत्यक्ष सेवा पाएको बताए।

Shivam cement

फलेवासका वडा नं ८ र ९, महाशिला–६ र ५ मा स्थायी घर भई हाल विदेशमा रहेका गुरुङ समुदायले आफ्नो गाउँको विकास र समृद्धिका लागि तमु समाजमार्फत विभिन्न सामाजिक कार्य सञ्चालन गर्दै आएका छन्। समाजले उपलब्ध गराउने सुविधा सबै जाति तथा विपन्न समुदायका लागि गर्दै आएको समाजका संस्थापक अध्यक्ष नारायणप्रसाद गुरुङले जानकारी दिए।

हाल समाजले उच्च मूल्यमा बिक्री गर्न सकिने फलफूललगायत आधुनिक कृषि प्रविधिको विकास तथा पर्यटन प्रवद्र्धन कार्यक्रम अघि सारेको छ। अभियान सञ्चालनको पूर्वतयारीअनुरुप चार भञ्ज्याङ क्षेत्रका फलामखानी, जलजला, चिसापानी, थाम्मेथुम, देवीस्थानलगायतका ७०० मिटर उचाइबाट करिब दुई हजार मिटर उचाइसम्मको दूरीमा माटो परीक्षणसमेत गरिएको छ।

योजनाविज्ञ डा. योगेन्द्र रिजालले यस क्षेत्रमा ओखरखेतीलाई मुख्य खेतीका रूपमा प्रवर्द्धन गर्ने गरी परीक्षण गरिएको र उक्त ओखरखेतीको सम्भाव्यता रहेको बताए। कार्यक्रममा कृषिविज्ञ नीलकण्ठ शर्माले विभिन्न क्षेत्रमा पुगेर तयार गरेको फलफूल खेती सम्भाव्यता प्रारम्भिक अध्ययन प्रतिवेदन पेश गरेका थिए।   रासस

प्रकाशित: Mar 06, 2022| 10:00 आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।