आइतबार, कात्तिक ८, २०८३

गोर्खा वार्ताका लागि दूतावासले थाल्यो गृहकार्य

दूतावासले भूपूगोर्खा संगठनका अभियानकर्मीसँग वार्ताको तयारीबारे छलफल थालनी गरेको हो।
 |  आइतबार, फागुन २२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २२, २०७८

लन्डन- लन्डनस्थित नेपाली दूतावासले भूपु गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु गरेको छ। दूतावासले भूपूगोर्खा संगठनका अभियानकर्मीसँग वार्ताको तयारीबारे छलफल थालनी गरेको हो।

बेलायत सरकारसँग कहिले वार्ता सुरू गर्ने भन्नेबारेमा केही दिनमा जानकारी दिइने दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख रोशन खनालले जानकारी दिए। गोर्खाको प्रतिनिधित्व गर्न मेजर जुद्ध गुरुङ वार्तामा सहभागी हुने गोर्खा सत्याग्रहले बताएको छ भने अन्य थप प्रतिनिधि भने विषयगतरूपमा छानिने जनाइएको छ। दूतावासमा गरिने छलफलको निष्कर्षपछि बेलायतलाई औपचारिकपत्र पठाइने दूतावासले जनाएको छ।

दूतावाससँगको छलफलमा गोर्खा सत्याग्रह संघर्ष समिति, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो), ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजीडब्लुएस), नेप्लिज एक्स सर्भिसमेन एशोसिएशन (नेसा) र गोर्खा जस्टिस ग्रुपआबद्ध गोर्खा अभियानकर्मी सहभागी रहेको र दूतावासबाट राजदूतसँगै वार्ता समितिमा सदस्यसमेत रहेका उपनियोग प्रमुख खनाल र  मिलिटरी एट्याची रत्नबहादुर गोदारको सहभागिता रहेको जनाइएको छ।

नेपाल सरकारले गोर्खा वार्ताका लागि राजदूत ज्ञानचन्द्र आचार्यका नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको थियो। राजदूत आचार्यको पहिलो प्राथमिकता गोर्खाको समस्या समाधान गर्न पहल गर्ने रहेको दूतावासले जनाएको छ।    रासस

प्रकाशित: Mar 06, 2022| 09:30 आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...