शुक्रबार, साउन २९, २०८३

कालिकोटमा ३३ केभीए प्रसारण लाइन जडान हुने

यसभन्दा अघि दैलेखेको दुल्लुदेखि कालीकोट हुँदै जुम्लासम्म ११ केभीए विद्युत् प्रसारण लाइन जडान भए पनि त्यसलाई विस्तार गरेर ३३ केभिए विद्युत् प्रसारण लाइन जडान लागेको हो।
 |  आइतबार, फागुन २२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २२, २०७८

कालीकोट- कालीकोटमा ३३ केभीए प्रसारण लाइन जडान हुने भएको छ। यसभन्दा अघि दैलेखेको दुल्लुदेखि कालीकोट हुँदै जुम्लासम्म ११ केभीए विद्युत् प्रसारण लाइन जडान भए पनि त्यसलाई विस्तार गरेर ३३ केभिए विद्युत् प्रसारण लाइन जडान लागेको हो। 

विगतमा कालीकोट र जुम्लामा ११ केभिए प्रसारण लाइन भएको र त्यसले विद्युत्को मागलाई धान्न नसकेका कारणले अहिले त्यसको विस्तार ३३ केभीए प्रसारण लाइन जडान हुने नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्राविधिक जयप्रसाद पाण्डेले बताए। 

‘विगतका ११ केभीए प्रसारण विद्युत् प्रसारण लाइनले मागअनुसारको धान्न सकेन,’ उनले भने, ‘मागअनुसारको विद्युत् आपूर्ति गर्नका लागि ३३ केभीए प्रसारण गर्न लागिएको हो।’

नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले प्रसारण जडानका लागि एक हप्ता लाग्ने र शनिवारदेखि आइतवारसम्म बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ। 

३३ केभीए प्रसारण लाइन जडान परीक्षण अवधिसम्म पिन, डिस सट हुँदा पोलमा करेन्ट प्रवाह हुन सक्ने र छुँदा करेन्ट लागि दुर्घटना हुने सम्भावना भएकाले विद्युतका पोल स्टेलगायतका विद्युतीय संरचना नजिक नजान आग्रह गरिएको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्राविधिक पाण्डेले जानकारी दिए। 

कर्णाली प्रदेशका १० जिल्लामध्ये नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान भएको छ भने हुम्ला, मुगु र डोल्पामा अझैँ विद्युतको राष्ट्रिय प्रसारण लाइन जडान हुनसकेको छैन। कालीकोट र जुम्ला गत आर्थिक वर्षमा मात्रै विद्युतको ११ केभीए राष्ट्रिय प्रसारण लाइन जडान भएको थियो।  रासस

प्रकाशित: Mar 06, 2022| 07:40 आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।